मुख्य समाचार
नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ | मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु | एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ | अरुण तेस्रोको बाँध ८० प्रतिशत बन्यो, जग्गा विवादले प्रसारण लाइन अवरुद्ध | त्रिवि एमबीएस प्रश्नपत्र आउट प्रकरण: दुई जना पक्राउ, छानबिन तीव्र | पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार | असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष |

झापामा मिटरब्याजीहरुमाथि कारबाही सुरु

देश प्रदेश डेस्क 5329+ समाचार ( )
१० चैत्र २०८०, शनिबार
झापा झापामा मिटरब्याजसम्बन्धी ८२ वटा निवेदन र जाहेरी दर्ता भएकोमा हालसम्म ३० वटा निवेदनउपर सहमति भएको छ । १४ वटा मुद्दा चलेको छ । यसरी छोटो समयका लागि रकम दिएर बढी ब्याज (मिटरब्याज) लिनेहरुमाथि झापामा कानुनी कारबाही समेत सुरु गरिएको छ ।

त्यस्तै, विपक्षीहरु उपस्थित नभएको १४ वटा, अन्य जिल्ला ठेगाना भई मानिस उपस्थित नभएको एउटा, मुद्दा प्रक्रियामा जाने ६ वटा, निवेदक उपस्थित नभएको ३ वटा र सहमति प्रक्रियामा रहेको ६ वटा रहेको झापाका निमित्त सूचना अधिकारी ढुण्डीराज गिरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएका मिटरब्याजसम्बन्धी निवेदन र जाहेरीउपर कारबाही सुरु गरिएको हो ।

झापामा जिल्ला प्रशासन कार्यालयमा ६८ वटा निवेदन, जिल्ला प्रहरी कार्यालयमा ६ वटा निवेदन र ६ वटै जाहेरी र इलाका प्रहरी कार्यालय दमकमा २ वटा निवेदन परेको छ ।

ती निवेदन र जाहेरीमाथि कार्यान्वयन थालिसकेको प्रहरी निरीक्षक गिरीले बताए । जिल्ला प्रशासन कार्यालयले मिटरब्याज पीडितहरुको सहजताका लागि सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि चापागाईंलाई फोकल पर्सन तोकेको छ ।

केही दिनअघि बिर्तामोड-७ गरामनी निवासी दीर्घ भनिने पृथ्वी ओली पक्राउ परेका थिए । मिटरब्याज पीडितहरूले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएसँगै प्रहरीले पहिलोपटक मिटरब्याजी आरोपी ओलीलाई पक्राउ गरेको हो ।

। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ । मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । “कोशी प्रदेशका केही स्थानमा, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ, बागमती प्रदेशको एक–दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ ।”

READ MORE @ https://nayasanchar.com/2024/03/23/25615/

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार