मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

जन्मदर्ता किर्ते गर्ने झापाका तिवारी पक्राउ

देश प्रदेश डेस्क 5492+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

झापा । झापा गौरादह नगरपालिका वडा नम्बर ७ ग्वाल्डुब्बाका वडा सचिव ओमनाथ तिवारीलाई सरकारी कीर्ते गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गौरादह नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष बलराम खरेलका विश्वास पात्र कर्मचारी तिवारीलाई जन्म दर्ता किर्ते प्रकरणमा प्रहरीले पक्राउ गरेको जनाइएको छ।

सरकारी छाप र दस्तखत किर्तेगरी स्थानीय निशा माझीको जन्म दर्ताको प्रतिलिपी बनाएकोले भन्दै प्रहरीले उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक अरविन कुमार साहले बताए।

तिवारीलाई मंगलबार बिहान साढे १० बजे कार्यालय परिसरबाटै पक्राउ गरी झापा जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थपेर थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वडा सचिव तिवारीले २०७६ मा कर्तब्य ज्यान मुद्दाकी अभियुक्त निशा माझीलाई आम माफी दिलाउन जन्म मिति घटाएर जन्म दर्ताको प्रतिलिपि जारी गरेको जनाईएको छ।

साबिकको जुरोपानी गाबिस वडा न ९ हाल गौरादह नगरपालिका वडा. नं. ७ की ११ बर्षिया बालिका अस्मिता राजवँशीको २०७१ जेठ ३० गते भएको हत्याको अभियोगमा अदालतबाट निशालाई दोषि ठहर गरी जेल सजाय तोकिएको थियो।

जेल सजाय भोगिरहेकी निशा माझीलाई घटनाको बखत नाबालिका भएको देखाउन गत २०७९ असोज ३ गते संविधान दिबसको अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा
आममाफी दिलाउन वडा सचिव तिवारीले किर्ते कागजात बनाएका थिए।

वडासचिव तिवारीले अभियुक्त माझीको उमेर ३ बर्ष घटाएर जन्मदर्ताको प्रतिलिपि जारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको बुझिएको छ।

अभियुक्त माझीको सक्कली जन्म दर्तामा जन्म मिति २०५२ कार्तिक ४ गते उल्लेख भएकोमा २०७६ मा वडा सचिब तिवारीले उनको उमेर ३ बर्ष घटाएर जन्म मिति २०५५ साल उल्लेख गरी प्रतिलिपि जारी गरेको श्रोतको दाबी छ।

अभियुक्त माझीको उमेर ३ बर्ष घटाउदा हत्याको घटनाको समय अभियुक्तको उमेर १६ बर्ष मात्र देखिनेभइ अभियुक्त माझी नाबालिका रहेको देखाइ २०७९ असोज ३ गते राष्ट्रपतिबाट उनले बाँकी जेल भुक्तानको सजाय आममाफी पाएकी थिइन्।

घटनाअनुसार २०७१ जेठ ३० गते बिद्यालयबाट घर फिर्किने क्रममा ११ बर्षिया बालिका अस्मिता राजवँशी बेलुका ४ बजेदेखि बेपत्ता भएको र २ दिनपछि दमक गौरीगञ्ज सडक खण्ड अन्तर्गतको जुरोपानीको सिसौ घारीमा घासले छोपेको अबस्थामा शब फेलापरेको थियो।

गौरादह नगरपालिका वडा नं.७ का वडाध्यक्ष बलराम खरेल तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकटसम्वन्ध भएकै आधारमा जग्गा धनी प्रमाणपूर्जा वितरण गर्दा कीर्ते गरेको भनी जिल्ला अदालत झापाले दोषी ठहर गरेको थियो।

अघिल्लो कार्यकालमा समेत वडाध्यक्ष रहेका खरेल केही समय निलम्वनमा परे पनि फेरि २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सोही वडाबाट अध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्ष र वडासचिव क्रमश कीर्तेमा पर्नुलाई संयोग मात्र नभएको स्थानीय बताउँछन्।

वडाध्यक्ष खरेलमाथि लागेको अभियोगको अझै अन्तिम किनारा लागेको छैन । कोशी प्रदेशका सभामुख अम्वरबहादुर बिष्ट यही वडाका हुन्। नया विकल्पबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार