मुख्य समाचार
रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना |
मुख्य समाचार
रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना |


कागजको खोस्टो बन्यो नागरिकता: विराटनगरमा 'समानान्तर गृह मन्त्रालय' चलाउने देशद्रोही गिरोहको पर्दाफास

भेषराज नेपाल 125+ समाचार ( )
२४ आषाढ २०८३, बुधवार

झापा / विराटनगरमा समानान्तर सरकार चलाएझैं 'नक्कली सीडीओ कार्यालय' खडा गरेर देशकै सुरक्षा र सार्वभौमिकतामाथि गम्भीर प्रहार गर्ने देशद्राेही गिरोह सक्रिय रहेको खुलासा भएको छ।

राज्यको मियो मानिने नागरिकता प्रमाणपत्रलाई कागजकाे खाेस्टाे सरह  फोटो स्टुडियोमा छापेर खुलेआम बिक्री गरिरहेको यो गिरोहको धन्दाले मुलुकको सुरक्षा संयन्त्र र प्रशासनिक पहरेदारीमाथि नै कडा प्रश्नचिह्न खडा गरिदिएको छ।

विराटनगर–११ महेन्द्र चोकमा सञ्चालित ‘न्यू डोली फोटो सर्भिसेज’ नामक फोटो स्टुडियोलाई नै गृह मन्त्रालय मातहतको प्रशासनिक अखडाझैं दुरुपयोग गरिएको फेला परेको छ।  
यो सामान्य ठगी मात्र होइन, राज्यको सार्वभौम शक्तिमाथिको ठाडो डकैती हो। प्रहरीले छापा मार्दा बरामद गरेका कागजात र प्रमाणहरूले राज्यको सुरक्षा संयन्त्रको सातो उडाएको छ। नक्कली नागरिकतामा प्रयोग गरिएका सरकारी होलोग्राम र लेमिनेसन असली प्रमाणपत्रभन्दा कम नदेखिनुले यसको भयावह रूप प्रष्ट पार्छ। जिल्ला प्रशासन कार्यालयमा हाल कार्यरतदेखि सरुवा भइसकेका गृहका अधिकृतहरूको हस्ताक्षर समेत हुबहु नक्कल गरेर यो गिरोहले राज्य संयन्त्रको सुरक्षा व्यवस्थामा ठूलो प्वाल पारिदिएको छ। छापा मार्ने क्रममा वडा कार्यालयका नक्कली सिफारिस पत्र, जन्मदर्ता, विवाह दर्ता, र राष्ट्रिय परिचयपत्रका सरकारी फारामहरू समेत बरामद हुनुले यो धन्दा निकै लामो समयदेखि संस्थागत रूपमै चलिरहेको संकेत गर्छ।
घटना विवरण अनुसार विराटनगरमा मजदुरी गरेर जीवन निर्वाह गरिरहेकी एकल महिला मनिषा कामतले नागरिकता बनाउने सहज माध्यमको खोजीमा रहेका बेला उनको भेट विराटनगर–११ का करिब ६५ वर्षीय अशोककुमार श्रेष्ठसँग भयो । आफूलाई प्रशासनको प्रभावशाली व्यक्तिको रूपमा चिनाएका श्रेष्ठले मनिषा र उनका मामाको नागरिकता बनाइदिने प्रलोभन देखाए । त्यसबापत उनले मनिषाबाट एक लाख ३० हजार रुपैयाँ लिए ।अरुको घरमा काम गरेर कमाएको रकमसहित कागजात र फोटो उनले महेन्द्रचोक पुगेर श्रेष्ठलाई बुझाइन् । फोटोसहितको विवरण बुझाएको तेस्रो दिनमा श्रेष्ठले उनलाई महेन्द्र चोकमै बोलाएर नागरिकता थमाए ।
३० वर्षीया दुई सन्तानकी आमा मनिषा नागरिक बन्न पाएकोमा निकै उत्साहित थिइन् । सोही नागरिकता लिएर उनी बुधबार राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन् । तर, त्यहाँ पुगेपछि आफ्नो नागरिकता नै नक्कली भएको थाहा पाइन् ।

प्रशासनका कर्मचारीले उनको नागरिकता ‘नक्कली’ भएको बताउँदा सुरुमा उनले विश्वास नै गरिनन् । ‘तपाईँहरूले नै जारी गरेको नागरिकता कसरी नक्कली हुन्छ ?’ भन्दै उल्टै प्रश्न गरिन् ।

सोही समयमा कार्यालयको अवस्था निरीक्षण गरिरहेका मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मनिषाको कुरा सुनेपछि बोलाएर सोधपुछ गरे ।

प्रजिअ कटेलले नागरिकता नक्कली भएको पुष्टि गरेपछि मनिषा छाँगाबाट खसेझैँ भइन् । ‘मैले त उहाँलाई (अशोककुमार श्रेष्ठलाई) भगवान् जस्तै मानेर नागरिकताका लागि कति ढोगेँ, अहिले थाहा भयो सबै नक्कली रहेछ,’ उनले भनिन् ।

त्यसपछि प्रजिअ कटेलले नक्कली नागरिकता बनाउने गिरोहको खोजी सुरु गरे । लगतै अशोककुमार श्रेष्ठ पक्राउ परे । पक्राउ पर्दा उनको साथबाट थप १० थान नागरिकता फेला पर्‍यो । त्यसबाहेक २ वटा नागरिकता लिएर गएकाहरू प्रशासनको सम्पर्कमा आएका छन् ।

श्रेष्ठको साथबाट फेला परेको नागरिकतामा नेपाल सरकारको होलोग्राम र जारी गर्ने अधिकृतको हस्ताक्षर दुरुस्त थियो । प्रशासनको छाप पनि प्रयोग भएको छ । सक्कली र नक्कली छुट्याउन नसकिने गरी लेमिनेसन गरिएको थियो ।

ती नागरिकता जारी गर्ने अधिकृतको नाम हाल कार्यरतदेखि सरुवा भइसकेकाहरुकाे हस्ताक्षर छ ।

फेला परेका नक्कली नागरिकता २०६८ सालदेखि २०८२ सालसम्मको मिति राखेर जारी भएको देखिन्छ । जन्मदर्ता फारम, नागरिकता फारम, राष्ट्रिय परिचयपत्रका फारम र वडा कार्यालयलाई नागरिकता सिफारिसका लागि लेखिएका निवेदन जस्ता थुप्रै सरकारी कागजात उनको साथबाट फेला परेको छ । जिल्ला प्रशासन स्रोतका अनुसार उनी कार्यालय आइरहने व्यक्ति हुन् ।

पैसा र पहुँचका भरमा जोकोहीलाई पनि नागरिकता बाँड्न सक्ने यस्तो आपराधिक गिरोह सक्रिय रहँदा राष्ट्रिय सुरक्षामा कस्तो गम्भीर असर पर्ला भन्ने कुरा सोच्न पनि सकिँदैन।

सामान्य देखिने श्रेष्ठले सुरुमा ती नागरिकताहरू राष्ट्रिय परिचयपत्र बनाइदिने प्रयोजनका लागि आफूले राखेको दाबी गरे । उनले नक्कली भएको स्वीकार गर्नै मानेनन् ।

श्रेष्ठ पक्राउ परेलगत्तै यो धन्दामा संलग्न अर्का व्यक्ति विराटनगर–५ का धनदेव राजवंशीलाई पनि पक्राउ परेका छन् । राजवंशीले महेन्द्र चोकमा ‘न्यू डोली फोटो सर्भिसेज’ नामक फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन् ।

श्रेष्ठ र राजवंशीले सोही स्टुडियोलाई नक्कली नागरिकता छाप्ने अखडा बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

यस लज्जास्पद र देशद्रोही घटनालाई मोरङका प्रमुख जिल्ला अधिकारी कटेलले यो समूहले संगठित रूपमै नक्कली नागरिकता बनाउने गिरोह चलाइरहेको देखिन्छ । ‘नक्कली नागरिकतामा प्रयोग भएको होलोग्राम, अधिकृतको हस्ताक्षर र लेमिनेसन समेत दुरुस्त देखिनु गम्भीर विषय हो,’ उनले भने, ‘सोझा जनतालाई नागरिकताको नाममा ठगी गरेको देखिन्छ । यस्तालाई कडा कारबाही हुन्छ ।’
बुधबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालयले नक्कली नागरिकता र बरामद कागजातसहित थप अनुसन्धान र कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको छ । 
 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार