मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

मेची राजमार्ग १२ घण्टाका लागि तीन रात बन्द गर्ने जिल्ला प्रशासन कार्यालय इलामकाे निर्णय
आज साँझ देखि मेची राजमार्ग बन्द

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

झापा / बाढी पहिरोको जोखिम रहेको मेची राजमार्ग आज साँझ ७ बजेदेखि १२ घण्टाका लागि बन्द गरिएको छ ।याे बन्द लगातार तीन रातसम्मका लागि गरिने छ ।

मेची राजमार्गको झापा–इलाम सिमाना जोरकलशदेखि इलाम–पाँचथर सिमाना राँके बजारसम्म भोलि बिहान ६ बजेसम्मका लागि सडक बन्द गरिएको हो ।

सम्भावित बाढी पहिरो र बिपद जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालयले आज सडक सञ्चालनमा पूर्णरुपमा रोक लगाएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्भावित क्षति हुन नदिनका लागि मेची राजमार्गमा साना तथा ठूला सवारीसाधन सञ्चालनमा तीन रातका लागि रोक लगाइएको जानकारी दिएकी छिन् । 

यसैबिच सडक डिभिजन कार्यालय इलामको मेची राजमार्गको जोरकलशदेखि ताप्लेजुङको सुकेटार बिमानसम्म सडक पूर्णरुपमा बन्द गर्ने भएको छ । कार्यालयले केचना कञ्चनजंघा सडक समेत पूर्णरुपमा ठप्प रहने जनाएको छ । लागातारको बर्षापछि राजमार्गमा पहिरो झर्न थालेको छ भने स्थानीय खोलामा पानीको बहाव बढन थालेको छ । 

मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै दश ठाउँमा पहिरोको जोखिम रहेको सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समितिले प्रक्षेपण गरेको छ । सबैभन्दा धेरै जोखिम मेची राजमार्गको इलाम खण्डमा रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको हाे ।

जिल्ला विपद् व्यवस्थापन समिति इलामका अनुसार इलाम खण्डमा पर्ने सूर्योदय नगरपालिका –११ तीनघरे, रोङ गाउँपालिका –४ कोल्बुङ, रोङ गाउँपालिका –३ चुच्चेढुङ्गा,  इलाम नगरपालिका ४ बाघखोर, इलाम नगरपालिका –५ चुरेघाँटी, इलाम नगरपालिका –१० राजदुवाली, इलाम नगरपालिका –४ पुवाखोला, देउमाइ नगरपालिका –१ रक्से, पाँचथर खण्डमा पर्ने फिदिम नगरपालिका –४ रमिते र फाल्गुनन्द गाउँपालिका –३ पाङ्ग्रेभीर क्षेत्रमा पहिरोको जोखिम छ ।

यस्तै, केचना कञ्चनजंघा करिडोरमा पर्ने बेलासे र भोर्लेनी, राँके रवि सडक खण्डका पाँचथर, धनकुटा र इलाम खण्डमा पर्ने विभिन्न स्थानमा पनि पहिरोको जोखिम छ । 

यसैगरी पाँचथरमा पर्ने फिदिम फालौट सडक खण्डमा पर्ने फिदिम १ र ११ को फेमेखोला, तमोर करिडोर अन्तर्गत तुम्वेवा –२ को नावाखोला, मध्यपहाडी राजमार्गको याङवरक –३ रिजाल भीर र याङवरक –२ को फलामखोला र मेवा खोलालगायत सडकमा बाढी पहिरो र विपदजन्य दुर्घटनाको जोखिम रहेकाले यस क्षेत्रबाट अत्यावश्यक काम नपरी यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार