मुख्य समाचार
अदालतको आदेश, हकदावीमा कोही आएनन्, अनुसन्धानमा थपिँदै नयाँ प्रश्न | सार्वजनिक यातायातमा सुनको सिक्री चोरी आरोपमा दमकका विकाससहित दुई जना पक्राउ | रोल्पा पहिरो : पछिल्लो ५ दिनमा १७ जनाको मृत्यु, १ अझै बेपत्ता | झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा तोडफोड | भद्रपुरमा मारवाडी महिलाले मनाए तीज | झापाबाट सञ्चालित अनलाइन जुवा नेटवर्क, दुई खाताबाट ३५ करोडभन्दा बढी रकमको कारोबार | माईधारका नविन रायालाई अपहरण गरी १८ लाख फिरौती माग्ने ७ जना पक्राउ | नवीनलाइ अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग्ने ७ जना पक्राउ | बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा |
मुख्य समाचार
अदालतको आदेश, हकदावीमा कोही आएनन्, अनुसन्धानमा थपिँदै नयाँ प्रश्न | सार्वजनिक यातायातमा सुनको सिक्री चोरी आरोपमा दमकका विकाससहित दुई जना पक्राउ | रोल्पा पहिरो : पछिल्लो ५ दिनमा १७ जनाको मृत्यु, १ अझै बेपत्ता | झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा तोडफोड | भद्रपुरमा मारवाडी महिलाले मनाए तीज | झापाबाट सञ्चालित अनलाइन जुवा नेटवर्क, दुई खाताबाट ३५ करोडभन्दा बढी रकमको कारोबार | माईधारका नविन रायालाई अपहरण गरी १८ लाख फिरौती माग्ने ७ जना पक्राउ | नवीनलाइ अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग्ने ७ जना पक्राउ | बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा |

भद्रपुरको चिनियाँ बियाँ काण्ड
अदालतको आदेश, हकदावीमा कोही आएनन्, अनुसन्धानमा थपिँदै नयाँ प्रश्न

देश प्रदेश डेस्क 5381+ समाचार ( )
२ भाद्र २०८३, मङ्गलबार

झापा झापाको भद्रपुरबाट बरामद गरिएको ठूलो परिमाणको चिनियाँ खरबुजा  बियाँ प्रकरणमा अनुसन्धान अघि बढ्दै जाँदा नयाँ–नयाँ तथ्य सार्वजनिक भएका छन् । एकातर्फ कारोबारी राजन थापा मगरले प्रहरीले कानुनी प्रक्रिया मिचेर गोदाम फुटाई सामान लगेको आरोप लगाएका छन् भने अर्कोतर्फ भन्सारले जारी गरेको १५ दिने हकदावी सूचनामा भने उनीसहित कसैले पनि दाबी प्रस्तुत् नगरेको तथ्य बाहिरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले २०८३ असार २८ गते भद्रपुर–३ ज्ञानेचोक स्थित भिमलाल सुवेदीको घरबाट ३७ हजार ९२० किलो चिनियाँ खरबुजाको बियाँ बरामद गरी भद्रपुर भन्सार कार्यालयमा दाखिला गरेको थियो । त्यसपछि भन्सार कार्यालयले असार ३१ गते भन्सार नियमावली, २०८३ को नियम १२१ को उपनियम (१) बमोजिम १५ दिने हकदावी सूचना जारी गर्‍यो । तर, यति ठूलो परिमाणको बियाँ आफ्नो भएको दाबी गर्दै कुनै व्यक्ति वा संस्था उपस्थित नभएको भन्सार स्रोतले जनाएको छ ।
सबैभन्दा रोचक पक्ष के देखिएको छ भने सार्वजनिक रूपमा आफ्नो सामान भएको दाबी गर्दै आएका राजन थापा मगरले समेत हकदावी प्रक्रियामा सहभागी नभएको पाइएको छ । कानुनी प्रक्रिया पूरा गरेर खरिद गरिएको सामान प्रहरीले जबरजस्ती लगेको दाबी गर्ने पक्षले भन्सारको औपचारिक प्रक्रियामा किन प्रवेश गरेन भन्ने प्रश्न अहिले अनुसन्धानको केन्द्रमा पुगेको छ ।
यसैबीच भद्रपुर–३ का घरधनी भिमलाल सुवेदीलाई साउन १२ गते उपस्थितिका लागि म्याद जारी गरिएको थियो । उनी साउन २६ गते भन्सार कार्यालयमा उपस्थित भएका थिए । भन्सारले उनीसँग गोदाम भाडा सम्झौतासम्बन्धी कागजात तथा विवरण लिई थप सोधपुछका लागि पठाएको छ ।
घटनाले अदालतसम्मको यात्रा पनि तय गरिसकेको छ । साउन ४ गते उच्च अदालत विराटनगर, इलाम इजलासले भद्रपुर भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै बरामद गरिएको मालसामान सुरक्षित राख्न निर्देशन दिएको छ ।
अनुसन्धानमा अझ गम्भीर प्रश्न भने बियाँको परिमाणलाई लिएर उठेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीबाट प्राप्त भिसीटीएस सम्बन्धी पत्रअनुसार ८१ हजार किलो खरबुजाको बियाँ खरिद गरिएको देखिन्छ । तर, प्रहरीले बरामद गरेको परिमाण भने ३७ हजार ९२० किलोग्राम मात्रै हो । झण्डै ४३ हजार किलोग्रामभन्दा बढी बियाँ कहाँ गयो भन्ने प्रश्नको उत्तर अझै खुलेको छैन ।
यसैगरी आन्तरिक राजस्व कार्यालयबाट माग गरिएको विवरणले पनि थप शङ्का उत्पन्न गरेको छ । अनुसन्धान अधिकृत तथा सूचना अधिकारी प्रेम लामाका अनुसार ‘मा दुर्गा अर्डर सप्लायर्स’ नामक फर्मले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट थान तथा तयारी कपडा बिक्री गर्ने अनुमति लिएको देखिएको छ । तर, सोही फर्मले ठूलो परिमाणमा खरबुजाको बियाँ खरिद गरेको तथ्य अनुसन्धानमा भेटिएको छ ।
यति मात्र होइन, गोदाम दर्ता भद्रपुर–५ निवासी जजबहादुर निरौलाको घरमा रहेको देखिए पनि बियाँ भने भद्रपुर–३ स्थित भिमलाल सुवेदीको घरबाट बरामद भएको तथ्यले थप प्रश्न जन्माएको छ । आधिकारिक गोदाम एक ठाउँमा र मालसामान अर्को ठाउँमा भेटिनुले कारोबारको प्रकृतिमाथि नै प्रश्न उठाएको छ ।
आन्तरिक राजस्व कार्यालयको विवरणअनुसार सम्बन्धित फर्मले आर्थिक वर्ष २०७९/८० पछाडिको आय विवरणसमेत पेश गरेको देखिँदैन । मूल्य अभिवृद्धि कर तर्फ आर्थिक वर्ष २०८१/८२ को पहिलो किस्तामा कारोबार शून्य देखाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा खरबुजाको बियाँ आयात गरिएको देखिए पनि बिक्री विवरणमा जुत्ता बिक्री भएको उल्लेख छ । तर, आयात गरिएको बियाँ कहाँ र कसलाई बिक्री गरियो भन्ने कुनै विवरण फेला नपरेको अनुसन्धान स्रोतले जनाएको छ ।
करोडौँ मूल्य बराबरको भनिएको बियाँ, हकदावीमा कसैको उपस्थिति नभएको अवस्था, खरिद र बरामद परिमाणमा ठूलो अन्तर, कपडा कारोबारको अनुमति लिएको फर्मबाट कृषि बियाँको कारोबार, गोदाम दर्ता र बरामद स्थान फरक–फरक हुनु तथा कर विवरणमा देखिएको असंगति(मेल नखाने)ले यो प्रकरणलाई सामान्य बरामदीभन्दा धेरै गम्भीर बनाएको छ ।
अब प्रश्न उठेको छ ३७ हजार ९२० किलो मात्रै बरामद हुँदा बाँकी बियाँ कहाँ पुग्यो? वास्तविक कारोबारी को हुन्‌? र यति धेरै विसङ्गति देखिँदा पनि सम्बन्धित निकायले अन्तिम निष्कर्ष कहिले सार्वजनिक गर्नेछ?
 के हो त घटना
भद्रपुरका केही कारोबारीले स्थानीय प्रहरीको मिलेमतोमा भारत लैजानका लागि भण्डारण गरिएको चिनियाँ खरबुजाको बिउ जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बशुन्धरा खड्काको कमाण्मा खटिएको टोलीले  घरमा  छापा मारेर सामान बरामद गरेको थियो । भद्रपुर ३ ज्ञानेचोक स्थित भिमलाल सुवेदीको घरमा अवैधरुपमा दुइवटा कोठमा सामान राखिएको सुचना पाएपछि आइतबार (असार २८)गते दिउँसो घेरा हालेर साँझ ६ बजेबाट कोठामा खानतलासी सुरु गरेको थियो । जिल्ला तथा वडा प्रहरी कार्यालयसमेत गरी ५५ जना प्रहरी टोलीले मध्यराति सामानको परिमाण सङ्ख्या टुङ्गो लगाएका थिए ।
दुईवटा कोठामा रहेको ९ सय ४८ बोरा अर्थात ३७ हजार ९ सय २० किलो सामान बरामद गरिएको थियो । बरामद सामानलाइ प्रतिकिलो २ सय ३७ रुपैयाँका दरले ८९ लाख ८७ हजार ४० रुपैयाँ मूल्याङ्कन गरी सोमबार(असार २९) गते भद्रपुर भन्सार कार्यालय बुझाइएको प्रहरीको विवरणले देखाएको छ ।
कारोबारीको गतिविधि
गौरीगञ्ज नाका बन्द भएपछि कारोबारीले सुरुमा कचनकवलको पाठामारी र केचना नाका रोजेका थिए । तर, त्यहाँ भारतीय एसएसबीले ‘लाइन’ दिन अस्वीकार गरेपछि उनीहरूले भद्रपुरको मेचीपारि गाउँलाई नयाँ केन्द्र बनाएका थिए । त्यसपछि भद्रपुर–५ स्थित बसपार्क छेउका दुईवटा गोदाममा बिउ ल्याएर झारिएको थियो । पछिल्लो समय उनीहरुले भद्रपुर ३ ज्ञानेचोकलाइ केन्द्र बनाएर काम गरिरहेका थिए । भारतीय एसएसबीसँग कुरा मिलेपछि भद्रपुरका कारोबारी समूहले समय अनुकूल मिलाएर रातको समयमा ट्याक्टरमा बिउ लोड गरी भारत पुर्‍याउने गरिएको थियो ।
कारोबारीले बिउ भारत पठाएबापत प्रतिकिलो २४ रुपैयाँ कमिसन पाउँछन् । ४० किलोको एक बोरा पार गराउँदा ९६० रुपैयाँ कमिसन आउँछ । नेपालमा १२ सयदेखि १५ सय रुपैयाँ प्रतिकिलो पर्ने यो बिउ अहिलेसम्म ठूलो परिमाणमा तस्करी भइरहेको थियो । भारत लैजान तयार पारिएको ३० बोरा वैशाख महिनामा प्रहरीले नियन्त्रणमा लिइएको थियो । मेचीपारिमा हल्ला बढेपछि अहिले कारोबारीहरू भद्रपुर–३  सरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार