मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

नेपाल आएका ९ जना बंगलादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा ९ जना भारतीय पक्राउ

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

झापा । भिजिट भिसामा नेपाल आएका ९ जना बंगलादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले ९ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । बंगलादेशी नागरिकलाई अपहरण गर्दै फिरौती माग्ने भारतीय गिरोहलाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा दिल्ली घर भई ललितपुर बस्ने ३८ वर्षीय शिव सौरभ, पञ्जाबका ३२ वर्षीय दीपक कुमार, ३६ वर्षीय सन्दीप कुमार, ३८ वर्षीय जसप्रित सिंह र कानपुर घर भई पञ्जाब बस्ने ६४ वर्षीय रमेश जाधव रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पछिल्लो पटक ललितपुर-१५ स्थित घरमा एक जनालाई बन्धक बनाएको घटनामा भारतीय नागरिकहरू पक्राउ गरिएको हो।

पक्राउपछि अनुसन्धान थाल्दा ९ जना बंगलादेशी नागरिकलाई विभिन्न मितिमा अपहरण गरेको खुलेको बोहराले बताए।

पीडितलाई बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएर उनको साथमा रहेको रकम र मोबाइल खोसेर आफन्तसँग ह्वाट्सएपमार्फत् फिरौती माग गरेको उजुरी परेपछि प्रहरी खोजीमा लागेको थियो।

यस क्रममा परिसर र वृत्त गौशालाको टोली भारतीय नागरिकहरूको खोजीमा जुटेको थियो। वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालका अनुसार बंगलादेशी नागरिकलाई भारतीय आफैंले नेपाल बोलाएर युरोप तथा अमेरिकी मुलुकमा पठाइदिने बहानामा अपहरण गर्ने गर्थे।

बंगलादेशीलाई ठूला मुलुकले अनअराइभल भिसा दिन कडाइ गरेको अवस्था रहेकाले नेपालबाट प्रक्रिया थाल्ने भन्दै भारतीय गिरोहले बोलाएर अपहरण गर्ने गरेको खुलेको  खनालले बताए ।

नेपालमा अपरहण गरेपछि उनीहरूले रसिया, दुबई तथा भारतमा रहेका दलालहरूको खातामा फिरौती रकम पठाउने गरेको खुलेको छ। हालसम्म ९० लाख रुपैयाँ टाका रकम त्यसरी पठाइएको पाइएको खनालले बताए।

कतिपय बंगलादेशी नागरिक फिरौती बुझाएर आफ्नो देश फर्किसकेकालाइ  बोलाएर उजुरी दिन भनेकाे उनले जनाए ।

ललितपुर-१५ को घरमा राखिएका पीडितका आफन्तलाई यो समूहले ह्वाट्सएपबाट फिरौती रकम मागेको थियो। ती व्यक्तिका आफन्त नेपाल आएर प्रहरीमा उजुरी दिएका थिए।

पक्राउ परेका सबैलाई अपहरण, शरीर बन्धक तथा आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार