मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ भाद्र २०८३, बिहीबार

झापाको पूर्वी सीमा नाका काँकडभिट्टामा हुने आपराधिक तथा तस्करी गतिविधि रोकथाम र नियन्त्रणका लागि सशस्त्र प्रहरीले बुधबारदेखि  ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ ।
सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको निगरानीलाई थप प्रभावकारी बनाउँदै घटनाको प्रमाण सुरक्षित राख्न सशस्त्र प्रहरीले पहिलोपटक काँकडभिट्टा नाकामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले गोप्रो क्यामेरा प्रयोगमा ल्याएको सम्भवतः नेपालमै यो पहिलो अभ्यास भएको बताइएको छ ।
सशस्त्र प्रहरी बल, नेपालले केही समयअघि काँकडभिट्टा नाकामा परिचालन गरेको ‘बोर्डर इन्टरएक्सन टिम’ (बीआईटी) मार्फत दुई वटा गोप्रो क्यामेरा प्रयोगमा ल्याइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सचिन कर्माचार्यले जानकारी दिए । 
उनका अनुसार बीआईटीमा परिचालित सुरक्षाकर्मीले बुधबारदेखि सीमा निगरानीका क्रममा गोप्रो क्यामेरा प्रयोग गरिरहेका छन् । क्यामेराको प्रयोगले सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधिको सूचना सङ्कलन, निगरानी तथा घटनाको प्रमाण सुरक्षित राख्न सहयोग पुग्ने एसपी कर्माचार्यले बताए ।
‘विशेषगरी सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा अन्य आपराधिक गतिविधिको निगरानीमा प्रविधिको प्रयोगले सुरक्षाकर्मीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ,’ उनले भने ।

तस्करी नियन्त्रणमा प्रविधिको प्रयोग

नेपाल–भारतको महत्वपूर्ण व्यापारिक तथा आवतजावतको नाका काँकडभिट्टामा दैनिक ठूलो संख्यामा मानिस तथा सवारीसाधनको आवतजावत हुने गर्छ । खुला सीमाका कारण सुरक्षाकर्मीका लागि सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण चुनौतीपूर्ण रहँदै आएको छ । यस्तो अवस्थामा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीसँगै प्रविधिको प्रयोगलाई प्राथमिकता दिन थालिएको हो । 
गोप्रो क्यामेरा सुरक्षाकर्मीले शरीरमा जडान गरेर प्रयोग गर्न सक्ने भएकाले निगरानीका क्रममा देखिएका गतिविधिलाई भिडियोका रूपमा सुरक्षित राख्न सकिन्छ । यसबाट शंकास्पद गतिविधिको पहिचान, घटनाको तथ्यगत अभिलेख राख्न तथा आवश्यक परेको अवस्थामा प्रमाणका रूपमा प्रयोग गर्नसमेत सहज हुने सशस्त्र प्रहरीको विश्वास छ ।

स्थानीयको सहयोगले थप सहज

भर्खर झापा जिल्लाका कमान्ड सम्हालेका सशस्त्रका एसपी सचिन कर्माचार्यले सीमा सुरक्षा तथा तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गतिविधिलाई तीव्र बनाएका छन् । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियतासँगै स्थानीय बासिन्दाबाट समेत सहयोग प्राप्त भइरहेको बताइएको छ । स्थानीयस्तरबाट प्राप्त सूचना र सुरक्षाकर्मीको निगरानीलाई समन्वय गरेर सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने प्रयास भइरहेको एसपी कर्माचार्यको भनाई छ ।  पछिल्लो समय काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीले विभिन्न प्रकारका अवैध सामान बरामद गर्दै आएको छ । विशेषगरी भन्सार छलेर नेपाल भित्र्याउन खोजिएका कपडा, मोबाइल तथा मोबाइलका पार्टपुर्जा, खाद्यान्नलगायतका सामान नियन्त्रणमा लिने गरिएको छ । सशस्त्रले सीमा सुरक्षामा जनशक्तिसँगै आधुनिक प्रविधिको प्रयोग बढाउँदै लैजाने हो भने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणमा थप प्रभावकारी परिणाम हासिल गर्न सकिने सुरक्षा अधिकारीहरू बताउँछन् ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार