मुख्य समाचार
डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु |

सातजनामा नेपालमा काेरोना सङ्क्रमण पुष्टि

देश प्रदेश डेस्क 5372+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

झापा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले नेपालमा सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएकाे छ । निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार एकजना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सातजनामा कोरोना पुष्टि भएको हो ।

कोरोना सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको डा‍.झाले जानकारी दिए । कोरोना पुष्टि भएका सङ्क्रमित निको भएर घर गइसक्नु भएको उनले जनाए ।

राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीले प्रयोगशालाले नियमित कोरोना परीक्षण गर्दै आएको जानकारी दिए।

विश्व स्वास्थ्य संगठनले विभिन्न देशमा देखिएको कोरोना कडा नभएकाले नआत्तिन आग्रह गरेको छ। नेपाललगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए।

ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घ रोगीलाई कोरोना सङ्क्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भन्दै सचेत रहन डा. पुनले आग्रह गरे।

कोरोना फैलन नदिन भीडभाडमा जाँदा पहिलेको जस्तै जनस्वास्थ्यका मापदण्ड अपनाउन उनले आग्रह गरे। अहिले देखिएको कोरोना सामान्य रुघाखोकी जस्तै भइसकेको छ। दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिकालाई भने विशेष ख्याल गर्नुपर्ने उनकाे भनाइ छ ।

नेपालमा थप कोरोना संक्रमित फैलन नदिन सीमा नाकामा हेल्थ डेस्क राखेको इडिसिडीका निर्देशक डा. झाले जानकारी दिए।

 सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशनसहित  आवश्यक परेमा परीक्षण किट तुरुन्तै पठाउने तयारी भएकाे जनाए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार