मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

नेपाल पत्रकार महासंघ झापा शाखाको २० सदस्यीय कार्य समितिका लागि ४१ जनाको उम्मेदवारी

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

 नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनका लागि ४१ जनाले मनोनयन दर्ता गराएका छन् । २० सदस्यीय कार्य समितिका लागि ४१ जनाको उम्मेदवारी परेको हो ।

अध्यक्ष पदका लागि डिकेश लामा, एकराज गिरी, राजेन्द्र गौतम र टिकाराम नेपाल (नेती)को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्ष खुल्ला तर्फ गणेशमान मुखिया र सुब्रत न्यौपाने र महिला तर्फ बिनिता गौतम (बिनिशा शर्मा), सुशिला संग्रौला र  सुनिरा मैनालीले उम्मेदवारी दर्ता गराएका छन् । सचिव पदका लागि राजु पाठक र प्रदिप परियार छन् भने सह सचिवमा नरेन्द्रकुमार ढकाल र रमेश तिवारी छन् । सहसचिव समावेशीमा चिरञ्जीवी घिमिरे र तिलक योञ्जन रहेका छन् ।

कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । पुष्पलाल खड्का, मुक्ति पौडेल र शम्भुजित दाहालले कोषाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हुन् ।

सदस्यतर्फ महिलामा भुकुमारी लिम्बु (भुमिका) र सबिना लिम्बु, दलिततर्फ किशोर उपरकोटी र मनकुमार गदाल, आदिवासी जनजाति तर्फ नरेश गुरुङ्ग र इन्द्रकुमार राई र मधेशीतर्फ सन्तोष शर्मा र मनकुमार शर्माले उम्मेदवारी दिएका छन् ।

खुल्ला ९ जना सदस्यका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका अनुसार उम्मेदवार उपर दाबी विरोध, छानबिन र फिर्ताको समय बिहीबार १ बजे सम्मको रहेको छ भने अन्तिम नामावली प्रकाशन बिहीबार १ः३० बजे रहेको छ । मतदान २८ गते शुक्रबार १०:०० बजेदेखि ४:०० बजेसम्म अग्रसेन भवन बिर्तामोडमा हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार