मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

प्रादेशिक अस्पताल भद्रपुरमा श्रृंखलाबद्ध चोरी, अस्पतालका कर्मचारीसहित तीन पक्राउ

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२५ कार्तिक २०८२, सोमबार

झापा । भद्रपुरस्थित प्रादेशिक अस्पतालमा निरन्तर रूपमा भइरहेको चोरी घटनामा संलग्न तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पहिलो घटनामा, २०८२ साल कार्तिक ३ गते दिउँसो अन्दाजी १४:०० बजे अस्पतालको पुरानो सर्जिकल वार्ड बाहिरबाट अक्सिजन सप्लाईका लागि जडान गरिएको तामाको पाइप चोरी गर्ने  झापा भद्रपुर–६ बस्ने ३७ वर्षीय रन्जित घोष पक्राउ परेका हुन्।

त्यसैगरी, दोस्रो घटनामा  २०८२ साल कार्तिक १८ गते दिउँसो अन्दाजी १:३० बजे अस्पतालको गाइनो वार्डको पहिलो तलाबाट अक्सिजन पाइप चोरी गरिरहेको अवस्थामा भद्रपुर–१० बस्ने ३० वर्षीय सुरज जमदारलाई प्रहरीको निगरानी क्यामेरा (CCTV) फुटेजमा देखिएपछि कार्तिक २३ गते पक्राउ गरिएको छ। जमदार साेही अस्पतालमा स्वीपरमा कार्यरत कर्मचारी हुन् । जमदारबाट तीन किलाे तामाकाे तार समेत प्रहरीले बरामद गरेकाे छ ।

तेस्रो घटनामा, २०८२ साल कार्तिक २२ गते राति ११:०० बजेतिर अस्पतालको औषधी स्टोर कोठाबाट METHADOOL (मेथाडोल) नामक झोल औषधी चोरी गरेको CCTV फुटेजबाट प्रमाणित भएपछि मेचिनगर–७ बस्ने २८ वर्षीय विश्वनाथ राजवंशीलाई कार्तिक २३ गते प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, पक्राउ परेका तीनै जनामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान जारी छ। जिल्ला अदालत झापाबाट पहिलो पटकका लागि ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार