मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

मेची राजमार्गमा आव्हान गरेको चक्काजाम स्थगित

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा वाइसीएल नेपालले आज मेची राजमार्गमा आव्हान गरेको चक्काजाम स्थगित गरेको छ ।आक्रमणमा संलग्नलाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै आज मेची राजमार्गमा बन्द आव्हान गरेको थियाे ।

बुद्धशान्तिका वाइसीएल अध्यक्ष पंकज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनामा संलग्न मेचीनगर–१२ घर भएका बालकुमार विष्ट र नविन विष्टलाई पक्राउ गरी कार्बाही गर्नका लागि दबाब दिन वाइसीएलले मेची राजमार्गमा चक्काजाम आव्हान गरेको थियो ।

हिजो नेकपा एमाले , नेपाली कांग्रेस र नेकपा माओवादीका प्रतिनिधिहरुबीच छलफल भएर मौखिक सहमति भएकोले वाइसीएलले चक्काजाम स्थगित गरेको बताइएको छ । उनीहरुबीच आज बिहान लिखित सहमति हुने जनाइएको छ । पार्टी प्रतिनिधिबीच सहमति भएको कुरा सुनेर आफूहरुले चक्काजाम स्थगित गरेको वाइसीएल नेपाल झापाका अध्यक्ष डेबिट शाही ठकुरीले बताए ।

मेची राजमार्ग सडकखण्डअन्तर्गत मेचीनगर–१२ स्थित सहरेडाँगी उत्तर सडकमा हातहतियारसहित विष्टद्वयले शेर्पालाई आक्रमण गरेको वाइसीएल नेपाल झापाले दावी गरेको छ ।ट्याक्सी चालकले अनियन्त्रित ढंगले सवारी चलाएको र सो सवारी चालकलाई शेर्पाले रोक्न लगाई सम्झाई बुझाई गरेसँगै घटना मिलिसकेको अवस्थामा पूर्वाञ्चल ट्याक्सी व्यवसायी संघका अध्यक्षसमेत रहेका बालकुमार विष्ट र उनका भाइ नबिन विष्टले एक्कासि घरेलु हतियार, बाईकको हेल्मेटले शेर्पालाई अन्धाधुन्ध प्रहार गरी घाइते बनाएको वाइसीएल प्रदेश अध्यक्ष कुमार आचार्यले दावी गरे । शेर्पाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार