मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सईको मृत्यु

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

                                                                                                                                साङ्केतिक तस्वीर

झापा ।  मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ । झापाको कमल गाउँपालिकामा भएको हिजो साँझ ७.५५ बजे कमल गाउँपालिका ३ सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र.१–०२–००५२प. ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएको थियो । उनी घर विदा पूरा गरी व्यारेकतर्फ आउँदै गर्दा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका ४ बस्ने हाल इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय सई पुरनलाल राजंवशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार