मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

देश प्रदेश डेस्क 5493+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

झापा । सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ।

मधेस सरकारमा जनमतबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए।

‘हामी सरकारबाट बाहिरिने निर्णय गरेका छौं,’ पार्टी महासचिवसमेत रहेका मन्त्री चन्दन सिंहले  भने।

पार्टीका सचिव बिपी साहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए।

‘हामीले मधेस सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छौं, केहीबेरमा मन्त्रीहरूले राजीनामा बुझाउनु हुनेछ,’ उनले भने, ‘सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं।’

उनकाअनुसार केन्द्र सरकारबारे भने केही निर्णय भएको छैन। जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन्।

पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ। राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत असन्तुष्ट छ। राष्ट्रिय सभामा जनमतले कम्तीमा एक सिट पाउनुपर्ने दाबी गरेको थियो। तर सत्ता गठबन्धनका अन्य दलले जनमतलाई सिट नदिएपछि अध्यक्ष सिके राउत रूष्ट हुँदै बालुवाटारबाट बाहिरिएका थिए। जनमतले मधेश र लुम्बिनीमा राष्ट्रिय सभामा पार्टीका तर्फबाट उम्मेदवारसमेत खडा गरेको छ।

त्यसपछि जनमतलाई गठबन्धन बैठकमा बोलाउन छाडिएको छ।

यसैबीच मधेसमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ। 

सोमबार सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथिका रूपमा बोलाए पछि जनमत रूष्ट बनेको हो। त्यसक्रममा प्रहरीसँग झडप हुँदा मधेसका शिक्षा मन्त्री मधेसप्रसाद यादव घाइते भएका थिए।

शिलान्यास कार्यक्रम रोक्न जनमतले गृह मन्त्रालयमा पत्राचारसमेत गरेको थियो। उसले जसपा अध्यक्ष यादवलाई कार्यक्रममा बोलाउँदा सप्तरीको शान्ति सुरक्षा नै खलबलिने बताएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार