मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

झापामा ‘हात्तिपाइले’ रोग अभियान असफल

देश प्रदेश डेस्क 5492+ समाचार ( )
९ माघ २०८२, बिहीबार

झापा । झापामा ‘हात्तिपाइले’ रोग अभियान असफल भएको छ । विगतको अभियान असफल भएपछि जिल्लाका  ६ वटा पालिकामा पुनः सुरु गरिएको छ । जिल्लाका पन्ध्रवटा पालिकामध्ये निवारण हुन बाँकी रहेका अर्जुनधारा र कन्काइ नगरपालिका, हल्दीबारी, वाह्रदशि, झापा र कचनकवल गाउँपालिकामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने अभियान थालेको हो । हात्तिपाइले विरुद्धको औषधि खुवाउन सुरु गरिएको जिल्लामा चौधाँे पटक भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

अभियान अन्तर्गत जिल्लामा २ लाख ९८ हजार ५ सय ४ जनालाइ यो बर्ष औषधि खुवाइने झापाका जनस्वस्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । उनले दिएको विवरण अनुसार नगरपालिकामध्ये अर्जुनधारामा रहेका ८९ हजार ७ सय ५७ जनसङ्यामध्ये खानहुने ८४ हजार ९ सय ४८ जना, कन्काइमा ५५ हजार ८ सय ८१ मध्ये ५२ हजार ९ सय ५४ जना रहेका छन् । त्यसैगरी गाउँपालिकामध्ये झापामा ४० हजार ३  मध्ये ३७ हजार ६ सय,बाह्रदशिमा ३८ हजार ४ सय ४४मध्ये ३६ हजार ३ सय ३३ ,हल्दीबारीमा ३३ हजार २ सय ७० मध्ये ३१ हजार ५ सय ३१ र कचनकवलमा ४१ हजार एकसय ४९ मध्ये ३८ हजार ७ सय ७४ जनालाइ २ सय भन्दा बढी कर्मचारीबाट औषधि खुवाइने उनले बताए । दुइदिन अघिबाट सुरु भएको यो अभियान दुईहप्तासम्म चल्ने उनले जानकारी दिए ।

हातीपाइले रोग मानिसलाई शारिरीक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिविले गराउँछ र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरिरमा यो परजीवि प्रवेश गरेको केहि वर्षपछि मात्र यसका असरहरु (जस्तै हात्तिपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ । यसका लक्षण देखिसकेपछि निको पार्न सकिंदैन । धेरैजसो सङ्क्रमण लक्षण बिनाका हुन्छन जसबाट समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना रहने चिकित्सकको भनाइ छ ।
हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा ओछ्यान परेका सिकिस्त विरामीहरुले खान हुँदैन । सिकिस्त विरामीहरु भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरु,अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डाइलासिस जस्ता जीवन भर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु बुझनुपर्ने चिकित्सकले जनाएका छन् ।
यो औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । त्यसो भएका औषधिले प्रभावकारी रुपमा काम गर्दैछ भन्ने बुझनुपर्ने चिकित्सकहरुको भनाइ छ । ती लक्षणहरु भने केहि समयमै हराएर जान्छन् ।
 केही गरी लक्षणहरु लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नका लागि चिकित्सकको सुझाव छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार