मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

झापामा सर्पले डसेर एककाे मृत्यु , ८५ जना विरामी

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१६ आषाढ २०८१, आइतबार

                                                                                                                       साङ्केतिक तस्वीर

झापा  वर्षायाम शुरु भएयता झापामा सर्पको विगविगी बढेको छ । केही दिनदेखि सर्पदंश उपचार केन्द्रहरुमा सर्पले टोकेर आउने विरामीहरुको संख्या बढेपछि सर्पकाे विगविगी बढदै गएकाे हो ।

चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा असारको दुई सातामा सर्पले टोकेर ८५ जना विरामी भर्ना भएका छन् । असारको दुई सातामा विषालु ३० र अविषालु ५५ गरी ८५ जना विरामी भर्ना भएको सर्पदंश उपचार केन्द्रमा चारआली व्यारेकबाट खटिएका अरिदमन गणका हुद्दा कृष्ण थापाले बताए । उनले जेठ महिनामा विषालु ३२ र अविषालु ९१ गरी १२३ जना विरामी आएको जानकारी दिए । त्यस्तै बैशाख महिनामा विषालु ६ र अविषालु ५५ गरी ६१ जना विरामी आएका थिए ।

गत मंगलवार साँझ झापाको कचनकवल ३ गंगाबस्तीमा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भयो । आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषालाई कालो गोमन सर्पले टोकेको थियो ।

त्यस्तै सर्पको उद्धारमा खटिएका मेचीनगरका मुन्ना कार्कीलाई शुक्रवार दिउँसो सर्पले नै डस्यो । मेचीनगर–६, पुरानो भन्सारस्थित आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा कार्कीलाई गोमन सर्पले डसेको थियो । उनको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ ।

यसरी वर्षायाम शुरु भएपछि सर्पको टोकाइबाट विरामी हुनेहरुको संख्या बढ्दै गएको छ । गत वर्ष १९५ विषालु र ७१७ अविषालु गरी ९१२ जना चारआली सर्पदंश उपचार केन्द्रमा भर्ना भएका थिए । माटोको घरमा बस्ने , खेतवारीमा काम गर्नेहरुलाई प्रायगरेर सर्पले टोक्ने गरेको हुद्दा थापाले जानकारी दिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्पको टोकाईबाट जोगिन राति हिड्नु परे टर्चलाइट लिएर हिड्न , खुट्टा राम्ररी छोप्ने बाक्लो पेन्ट लगाउन , घर वरपरको घाँस, झारपात काटेर सफा राख्न , जमिनका दुलाहरु टाल्न , पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउन , सुत्नुअघि ओछ्यान , खाटमुनि र वरपर राम्ररी हेर्न र सँधै झुल टाँगेर सुत्न आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार