मुख्य समाचार
बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता |

सरकारी माेटरसाइकल प्रयाेग गरी लागूऔषध ल्याउने दुई जना पक्राउ

देश प्रदेश डेस्क 5373+ समाचार ( )
५ आषाढ २०८३, शुक्रबार

झापा भारतबाट नेपालतर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट भएको मोटरसाइकलबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चालक शिवसताक्षी नगरपालिका–९ निवासी २२ वर्षीय नगिन्द्र दर्जी र सोही मोटरसाइकलमा सवार कनकाई नगरपालिका–३ निवासी ३७ वर्षीय बलबहादुर सुवेदी रहेका छन् ।

गएराति ८ः२० बजे झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो। टाघनडुब्बा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ब ३१८ नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो।

त्यसक्रममा चालक दर्जीको साथबाट कालो प्लास्टिकमा पोको पारेर लुकाइछिपाइ ल्याइएको प्लाष्टिकबाहेक१ ग्राम १८ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
सो मोटरसाइकल पशु सेवा कार्यालय भद्रपुरको नाममा दर्ता रहेको यातायात व्यवस्था कार्यालय बिर्तामोडले जनाएको छ । सो मोटरसाइकल पशु सेवा कार्यालयले २०७३ सालमा कन्काई नगरपालिकालाई हस्तान्तरण गरेको थियो । कन्काई नगरपालिकाको अधिनमा रहेको सो मोटरसाइकल चोरी गरी दर्जी र सुवेदीले चलाउँदा पक्राउ परेको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार