मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

भद्रपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२२ पौष २०८०, आइतबार

झापा । झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–२ का २८ वर्षीय लेखनाथ दाहाल रहेका छन् ।

मेची राजमार्ग अन्तरगत भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलनजिकै गएराति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ९६०७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको साइडको पिलरमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार दाहाल घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएको थियो । दाहालको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झिलिमिली पुल नजिकै यसअघि कयौँ दुर्घटना भइसकेको छ । सो पुल दुर्घटनाग्रस्त क्षेत्र भएकोले प्रहरीले होडिङ बोर्ड राखेको छ । केही वर्ष अघि ड्रम तथा टायर राखेर एक तर्फि बनाएपनि पछि हटाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार