मुख्य समाचार
मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

सदनमा गिरीबन्धु टी इस्टेटको लगातार चर्चा

देश प्रदेश डेस्क 5494+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

झापा । सदन खुलेदेखि झापाको गिरीबन्धु टी इस्टेट प्रकरणले लगातार चर्चा पाएको छ ।

करीव एक महिनापछि हिजो खुलेकै दिन सदनमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरणको छानबिन हुनुपर्ने माग गरेका थिए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी इस्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताएका थिए । त्यस्तै आज पनि नेपाली कांग्रेसका सांसद राजन केसीले रहेको गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टाले लगातार खरबौं घोटाला भएको दावी गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टामा खरबौं रकम घोटाला भएको भन्दै छानबिनको माग गरेका हुन्।

उनले ललिता निवासभन्दा ठूलो घोटाला गिरीबन्धुमा भएको भन्दै छानबिन हुनुपर्ने बताए। ‘५ सय बिगाह बहुमूल्य जग्गा दुर्गम एरियामा सट्टापट्टा गरेर दोहन गर्न मिल्छ? गिरीबन्धुको तुलनामा ललिता निवास प्रकरण केही होइन। त्यहाँ हालको मूल्यमा खर्बौको घोटाला भएको छ, ’उनले भने,‘ छानबिन गर्नुपर्ने होइन र ?

नेता केसीले गिरीबन्धुलगायत वाइडबडी, गोकर्ण रिसोर्ट र सेक्युरिटी प्रेसमाथि छानबिनको माग गरे। नेकपा एमाले सरकारमा हुँदा गिरीबन्धु टी इस्टेट जग्गा प्रकरण भएको भन्दै सत्तारुढ दलका नेताहरुले त्यस प्रकरणको छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार