मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

प्रादेशिक अस्पताल भद्रपुरमा ७ महिनापछि बाल रोग विशेषज्ञको सेवा सुचारु

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१५ माघ २०८०, सोमबार

झापा । भद्रपुरस्थित प्रादेशिक अस्पतालमा सात महिनापछि बाल रोग विशेषज्ञको सेवा सुचारु भएको छ । स्वास्थ्य मन्त्रालय कोशी प्रदेश विराटनगरले करार सेवामा बाल रोग विशेषज्ञ(नवौ तह) का डाक्टर बरुण अग्रवाल सोमबार हाजिर भएपछि सेवा सुचारु हुने भएको अस्पताल प्रशासनले जनाएको छ । विर्तामोड ६ का अग्रवाललाइ माघ १५ देखि ०८१ असार मसान्तसम्मका लागि करार सेवामा नियुक्ति गरिएको अधिकृत सातौ तहका सदानन्द भट्टराइको हस्ताक्षर पत्रमा  सोमबार नियुक्तिका लागि पत्रचार गरेको थियो  ।

बालरोग बिशेषज्ञ नभएका कारण प्रादेशिक अस्पतालको बच्चा वार्ड बन्द भएको थियो । बालरोग विशेषज्ञ चिकित्सक नभएका कारण गत मङसिर १४ गतेदेखि बच्चा वार्ड बन्द गरिएको थियो । अस्पताल प्रशासनले सूचना नै प्रकाशित गरी बालरोग विशेषज्ञ नभएका कारण अनिश्चितकालका लागि सेवा बन्द गर्नुपरेको जनाएको थियो ।
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भने दश वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचारका लागि त्यही प्रादेशिक अस्पतालमा लैजान आव्हान गरेपछि सर्वत्र चर्चा चलेको थियो ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले माघ १० गते प्रादेशिक अस्पताल भद्रपुरलाई पत्र पठाउँदै यस मन्त्रालयद्वारा स्वीकृत गरिएको दश वर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवासम्बन्धी मार्गदर्शन २०८० मा भएको प्रावधानबमोजिम अस्पतालमा उपचारका लागि आउने दश वर्षमुनिका बालबालिकाहरुलाई निःशुल्क उपचार गराउन निर्देशन दिएकी छन् ।
अस्पतालमा ११औं तहका प्रमुख कन्सल्टेन्ट पेड्रियाटिसियन एकजना, ९ र १० औं तहका कन्सल्टेन्ट पेड्रियाटिसियन दुईजना गरी तीनजना बालरोग विशेषज्ञको स्थायी दरबन्दी रहेको छ । दरबन्दीमा रहेका ११औं तहका बालरोग विशेषज्ञ डा. टङ्कप्रसाद बाह्रकोटी १२औं तहको अतिरिक्त सचिवमा बढुवा भएर स्वास्थ्य मन्त्रालयमा गएका छन् । नवौ तहका कन्सल्टेन्ट पेड्रियाटिसियनमा दुई वर्ष छात्रवृत्ति करारमा नियुक्ति भएका डा. रविन रेग्मीको पनि अवधि सकिएपछि त्यहाँबाट नगर अस्पताल बिर्तामोड गएका छन् । बालरोग विशेषज्ञ नहुँदा मेडिकल अफिसरहरू पारिजा सरकार र विपिन आचार्यले ओपीडीमा जाँचिरहेका छन् । विशेषज्ञ डाक्टर नहुँदा ओपीडीमा जाँचका लागि आउनेको सङ्ख्या एकदमै घटेको छ ।
साढे ७ महिनादेखि बालरोग विशेषज्ञ बिना अस्पताल सञ्चालन गरेपछि अस्पताल प्रशासनले गत मङसिर १४ गते बच्चा वार्डमा ताला नै लगाएको हो । प्रादेशिक अस्पतालमा बालरोग विशेषज्ञका लागि धेरैपटक प्रदेश सरकारसमक्ष पहल गरिसकेको बताउँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले बालरोग विशेषज्ञबिना बच्चा वार्ड सञ्चालन गर्न नसकिएको जनाएका थिए । बाध्य भएर मङ्सिर १४देखि सेवा नै बन्द गरेको उनले जानकारी दिएका थिए । उनले अब भने प्रदेश सरकारले एकजना नवौँैं तहका बालरोग बिशेषज्ञ पठाएको जानकारी दिए  । बालरोग विशेषज्ञले सामेबार हाजिर भइसकेको जानकारी दिए । अब बच्चा वार्ड सञ्चालन हुने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार