मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत

भेषराज नेपाल 155+ समाचार ( )
३० जेठ २०८३, शनिबार

झापा / नेपाल सरकारले देशका विभिन्न एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माण कार्यलाई अगाडि बढाउन आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड एक लाख अर्थात् करिब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको आगामी आवको वार्षिक विकास कार्यक्रमअन्तर्गत चालु अवस्थामा रहेका ठूला आयोजनादेखि नयाँ प्रस्तावित सुरुङमार्गहरूको अध्ययनलाई समेत प्राथमिकतामा राखेर यो बजेट बाँडफाँड गरिएको हो ।

यस विनियोजित बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा निर्माणाधीन अवस्थामा रहेको सिद्धबाबा सुरुङमार्गका लागि छुट्याइएको छ । बुटवल–पाल्पा सडक खण्डको अत्यन्तै जोखिमयुक्त क्षेत्रमा बनिरहेको यो सुरुङमार्गको कामलाई तीव्रता दिन आगामी वर्ष मात्रै ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसबाहेक सहरी क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुना फ्लाइओभर निर्माण कार्यका लागि १२ करोड ६६ लाख रुपैयाँ छुट्ट्याइएको छ भने समग्र सुरुङमार्ग विकास कार्यक्रमका लागि थप ३ करोड ७७ लाख ८० हजार रुपैयाँ विनियोजन भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले नयाँ तथा सम्भावित सुरुङमार्गहरूको पूर्व-सम्भाव्यता र विस्तृत अध्ययनका लागि पनि रकम विनियोजन गरेको छ । जसअन्तर्गत टोखा–छहरे–गुर्जु भञ्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार, दोलालघाट–चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार, र भेरी नदी सुर्खेतदेखि दानुवा ताल बर्दिया सुरुङमार्गका लागि ५ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ । त्यसैगरी अन्य विभिन्न प्रस्तावित सुरुङमार्गहरूको सामूहिक अध्ययनका लागि १ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ । पछिल्लो समय नेपालको सडक सञ्जाललाई छोटो, सुरक्षित र आधुनिक बनाउन सरकारले सुरुङ प्रविधिलाई जोड दिँदै आएको सन्दर्भमा रणनीतिक महत्त्वका यी आयोजनाहरूको प्रारम्भिक अध्ययन सम्पन्न भएपछि वैदेशिक वा आन्तरिक स्रोत जुटाएर निर्माण कार्य अघि बढाइने मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार