मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

सताक्षीधाममा शतबीज छर्न आएकी सरिताको मृत्यु

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१५ मंगशिर २०८१, शनिबार

झापा । झापाको सताक्षीधाममा शतबीज छर्न आएकी एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार कन्काई नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ४५ –५० को जस्तो देखिने सरिता टुडूको मृत्यु भएको हो। उनको मृत्युको कारण खुल्न सकेको छैन।

प्रहरीले बिहान पौने १२ बजे सिकिस्त अवस्थामा फेला पारेको थियो। उनी सताक्षीधाममा शतबीज छर्न आएको बताइएको छ । पितृहरूको नाममा शतबीज छरिसकेपछि उनले भुइँमा प्लास्टिक ओछ्याएर सहयोग मागिरहेकी थिइन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दाताले केही नगद र अन्नपात सहयोग दिइरहेका थिए । ‘उनी सहयोग मागिरहेका बेला एक्कासि ढलेकी थिइन्,’ घटनाका प्रत्यक्षदर्शीले भने ।

भुइँमा ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, डाक्टरले मृत घोषणा गरेको बताइएको छ । ढलेको देखेपछि निकै ठूलो भीड लागेको थियो। भीडकै कारण उनले समयमा उपचार नपाएको बताइएको छ । ढलेको ठाउँदेखि अस्पतालसम्म जाने यातायातका साधन नहुँदा समयमै अस्पताल पुर्याउन नसकिएको एक रेडक्रसकर्मीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार