मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

नेपालमा ६५ प्रतिशत श्रमिक दैनिक ज्यालादारीमा

देश प्रदेश डेस्क 5493+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा । नेपालमा ६५ प्रतिशतले मजदुर/श्रमिकले दैनिक ज्यालादारीमा काम गर्ने गरेको पाइएको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) को तथ्यांकीय प्रतिवेदन राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको छ । प्रतिवेदनको मुख्य अंश गरिबीको तथ्यांक गत माघमै सार्वजनिक भएको थियो । बिहीबार कार्यालयले शिक्षा, स्वास्थ्य तथा रोजगारीसँग सम्बन्धित विभिन्न तथ्यांक सार्वजनिक गरेको हो ।

सार्वजनिक तथ्यांक अनुसार नेपालमा अझै पनि ६४.९ प्रतिशत श्रमिक वा मजदुरले दैनिक ज्यालादारीमा आफ्नो पारिश्रमिक बुझ्ने गर्छन् । यसो हुनुमा एक त अर्थतन्त्रको ठूलो क्षेत्र अझै पनि अनौपचारिक रहनु र अर्को कृषिमा आधारित फर्म र काम धेरै हुनु मुख्य कारण मानिएको छ ।

दैनिक ज्यालादारी बाहेक मासिक तलब बुझन् मजदुर/श्रमिकको हिस्सा २८.७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । ६.४ प्रतिशतले भने करार सम्झौताका आधारमा पारिश्रमिक बुझ्ने गर्छन् ।

नेपालमा पहिलो पटक २०५२/५३ सालमा नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गरिएको थियो । त्यसयता यो चौथो सर्वेक्षण सम्पन्न भइसकेको छ ।

जीवनस्तर सर्वेक्षणबाट उपभोग, सेवा सुविधामा पहुँच, आवास तथा आवासीय सुविधा उपभोग, शिक्षा, स्वास्थ्य, रोजगारी, आम्दानी, बचत तथा ऋण, विप्रेषण आप्रवाह, जग्गा स्वामित्व र उपयोगसँग सम्बन्धित तथ्यांकहरू कार्यालयले बहुआयामिक सर्वेक्षण अन्तर्गत सार्वजनिक गरेको हो । सर्वेक्षण अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या २०.२७ प्रतिशत छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार