मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

बिर्तामोडमा वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीको विशेष स्वास्थ्य सेवा सुरु

देश प्रदेश डेस्क 5490+ समाचार ( )
११ आषाढ २०८३, बिहीबार

झापा ।  बालबालिकाको स्वास्थ्य र चौतर्फी विकासलाई प्राथमिकता दिँदै वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीले झापाको बिर्तामोड–१ मा आधुनिक तथा वैज्ञानिक पद्धतिको बालस्वास्थ्य सेवा सुरु गरेका छन् । ‘भीडभाडमा हतारको उपचार होइन, पर्याप्त परामर्श र आत्मीय वातावरण’ भन्ने मूल नाराका बुधबारबाट यो विशेष सेवा सञ्चालनमा ल्याइएको हो । बिर्तामोड पश्चिम बस स्टेण्ड उत्तर मुख्य सडकमा रहेको निसा कम्प्लेक्सको दोस्रो तलामा यो सेवा रहेको छ ।

अभिभावक र शिशुको सबल स्वास्थ्यलाई केन्द्रमा राखेर सुरु गरिएको यस सेवामा परम्परागत उपचार पद्धतिभन्दा फरक, प्रतिकारात्मक स्वास्थ्य आयामलाई अगाडि सारिएको छ । यस अन्तर्गत क्लिनिकमा आउने प्रत्येक बालबालिकाको शारीरिक तथा मानसिक विकासको समग्र मूल्याङ्कन गरिने डाक्टर रेग्मीले बताए ।
बालबालिकाको उमेर अनुसारको वृद्धि विकास मापन गर्न विशेष ग्रोथ चार्ट र डाइटिसियन (पोषणविद्) सेवा उपलब्ध गराइएको उनले जानकारी दिए ।
चिकित्सकले हतार नगरी प्रत्येक बालबालिका र अभिभावकलाई पर्याप्त समय दिएर काउन्सिलिङ गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।
आधुनिक र प्रतिष्ठित प्रविधिको प्रयोग गरी पूर्ण वैज्ञानिक विश्लेषणका साथ बालस्वास्थ्य सम्बन्धी समस्याहरूको तत्काल र सही समाधान खोजिने उनले जनाए । उपचार सवै डिजिटल प्रविधिबाट गरिने उनले बताए । बच्चा जन्मनु अघि र पछिका विषयमा परामर्श गरी स्तनपानको समेत सुविधा रहेको उनले जनाए ।  परीक्षण गर्ने उपकरणहरु अन्य अस्पताल सरह नै रहेको उनको भनाइ छ ।
 नेपालकै अग्रणी र सुलभ दरमा, बालबालिकाहरू अस्पताल वा क्लिनिकको नाम सुन्दा डराउने वातावरणमुक्त, आत्मीय र पारिवारिक माहौलमा उपचार गरिने उनको भनाइ छ । नाफामुखी भन्दापनि सेवामुखी मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
बालबालिकाको आत्मविश्वास बढाउँदै उनीहरूको चौतर्फी शारीरिक र मानसिक विकासमा टेवा पु¥याउने उद्देश्य राखिएको यो विशेषज्ञ सेवा प्रत्येक दिन बिहान र बेलुका उपलब्ध हुने जनाइएको छ । झापा तथा आसपासका अभिभावकहरूले आफ्नो समय अनुकूल मिलाएर बालरोग विशेषज्ञ डा. रेग्मीबाट भरपर्दो परामर्श र उपचार लिन सक्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार