मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् | भद्रपुरमा कराेडाैँ मूल्य बराबरको चाइनिज फर्सीको बियाँ गोदाममा छापा | मेचीनगर नगरपालिकाले कामबाट निकाल्यो ३८ जना कर्मचारी | विद्यालय खोल्न अनुमति र स्वीकृति दिने पूर्ण अधिकार स्थानीय तहलाई |

बिर्तामोडका दुई वटा बैङ्कमा तोडफोड गर्ने चार जना पक्राउ

देश प्रदेश डेस्क 5291+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

झापा झापाको बिर्तामोडमा दुई वटा बैङ्क तोडफोड गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गर्ने बुद्धशान्ति ४ का अन्जेस राई (बुलेट किराँती), सोही ठाउँका बिकेस् राई, बिर्तामोड ९ का मनकुमार तामाङ र बिर्तामोड ४ का पवन दुलाल पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

गत वैशाख २५ गते एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कले  ऋणीलाई टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुसीराम चौधरीले आत्महत्या गरेको थिए । त्यसैको विरोधमा दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा सङ्गठन नागरिक युवा दस्ताले बैङ्कमा तोडफोड गरेका थिए ।

करिब १५० जनाको उपस्थितिमा कालो मास्क र नेपालको झन्डा सहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरूले बैङ्कमा ढुंगामुढा गरेका थिए । प्रदर्शनकारीले ज्योति विकास बैङ्कमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले एभरेस्ट बैङ्क रहेको घरमा ढुङ्गा प्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ । ज्योति विकास बैङ्कमा भने क्षति नभएको प्रहरीले जनाएको छ । पक्राउ परेकमाथि अनुसन्धान सुरू गरिएकाे जिल्लाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार