मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१२ आषाढ २०८३, शुक्रबार

झापा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित भएका छन् ।

राष्ट्रिय खुल्लातर्फ निशा डाँगी २१३२ र इन्दिरा राना मगर २०९० मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै प्रादेशिक कोशीमा कल्पना थापा ९५१ मत ल्याई केन्द्रीय सदस्यमा जितेकी छन् ।निर्वाचित हुने तीनैजना महिला हुन् ।

झापाबाट पाँचजनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । जिल्लाका पाँचजना सांसदमध्ये क्षेत्र नं १ बाट निशा डाँगी , २ बाट इन्दिरा राना मगर र ३ बाट प्रकाश पाठक उम्मेदवार बनेका थिए । क्षेत्र नं ३ का सांसद पाठकले ७४३ मत ल्याएका छन् भने झापाबाटै उम्मेदवारी दिएका भूमिनन्द बरालले ५२६ मत पाएका छन् ।

रास्वपा निर्वाचन आयोगले निर्वाचित हुने सबै ९९ जना उम्मेदवारको सूची प्रकाशित गरेको छ । निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् ।
रास्वपाको आइतबारदेखि महाधिवेशन जारी छ । आन्तरिक व्यवस्थामा भएको कठिनाइका कारण महाधिवेशन लम्बिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार