मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

ब्राउनसुगरसहित कनकाईका सिवा पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
८ चैत्र २०८१, शुक्रबार

झापा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नाकाबाट ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर भित्र्याउने एक जनालाई पक्राउ गरेको छ ।  टोलीले बिहीबार दिउँसो ३ः४० बजेको समयमा भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारी क्षेत्रबाट तेह्रथुम जिल्ला आठराई गाउँपालिका–५ घर भई हाल झापा कनकाई नगरपालिका–५ दुर्गापुर बस्ने २१ वर्षीय सुन्दर सिवालाई २१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई सीमामा तैनाथ सशस्त्रले शङ्का लागेर चेकजाँच गर्दा उनले बोकेको झोलामा सुगरफ्री बिस्कुटको प्याकेटभित्र लुकाइछिपाई ल्याएको ३ पोका ब्राउनसुगर फेला परेको थियो । साथै नगद ३ हजार ५३० रुपैयाँ, एउटा मोबाइललगायतका सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई ब्राउनसुगरसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरीका डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार