मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

भेषराज नेपाल 155+ समाचार ( )
१२ आषाढ २०८३, शुक्रबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला सहमहामन्त्री पदमा निशा डाँगी निर्वाचित भएकी छिन्।

चितवनको भरतपुरमा जारी पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न पदाधिकारी निर्वाचनको मतपरिणाम अनुसार डाँगी विजयी भएकी हुन्।

निर्वाचन समितिका अनुसार विजयी डाँगीले ७ सय ३७ मत प्राप्त गरेकी छिन्। महिला सहमहामन्त्रीका लागि डाँगीसँगै अन्य ४ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। उनले आफ्ना प्रतिस्पर्धीहरू जुली यादव, जमुना शर्मा (विदुषी), कामिनीकुमारी चौधरी र रिमा विश्वकर्मालाई पराजित गर्दै सो पद सुरक्षित गरेकी हुन्।
नवनिर्वाचित सहमहामन्त्री निशा डाँगी झापा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) हुन्। यसअघि उनी कोशी प्रदेशबाट रास्वपाको केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् भने पार्टीको सचेतक र समानुपातिक सांसदका रूपमा समेत भूमिका निर्वाह गरिसकेकी छिन्।
रास्वपाको विधानमा ५ जना सहमहामन्त्री रहने व्यवस्था छ। जसमध्ये एक महिलासहित ३ खुला पदका लागि शुक्रबार निर्वाचन भएको हो भने बाँकी २ जना सहमहामन्त्री पार्टी सभापतिले मनोनीत गर्ने प्रावधान रहेको छ। महाधिवेशनको खुला सहमहामन्त्री पदमा भने हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्।
यस महाधिवेशनमार्फत रास्वपाले नयाँ पदाधिकारीहरू चयन गर्दै आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ र व्यवस्थित बनाउने लक्ष्य लिएको छ। विजयी घोषणा भएसँगै नवनिर्वाचित पदाधिकारीहरूले महाधिवेशन हलमा पद तथा गोपनीयताको शपथ समेत ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार