मुख्य समाचार
मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ | दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई | कांग्रेस नेता अभिषेक गिरी पक्राउ | रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित |

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

देश प्रदेश डेस्क 5246+ समाचार ( )
११ माघ २०८०, बिहीबार

झापा हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उहाँले बताउनुभयो । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उहाँले बताए ।

प्रजिअ लामिछानेका अनुसार चिसोले धारामा पानी जमेको छ । खोलानालामा पूर्णरूपमा पानी जमेको छ । हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन । सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुस्किल छ । चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।

मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उनले बताए । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले जानकारी दिए।

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै चिसोका कारण मङ्सिरदेखि नै स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए।  नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवाप्रवाह भइरहेको छ ।

यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । जसले गर्दा बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ चौँरी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि जिल्ला फर्कन थाल्दछन् । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार