मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१९ आषाढ २०८२, बिहीबार

झापा / पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले आज पत्रकार पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटी लिएर छाड्न आदेश दिएको हो । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगैं पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका थिए ।

न्यायाधीश भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो । बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै सोमबार (असार १६) मुद्दा दायर गरेको थियो । उक्त दफामा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटेल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए । युट्युबाट सार्वजनिक गरिएको भिडियो आधारहीन रहेको दाबीसहित जयवीरले उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

पाठकविरुद्ध गएको जेठ २८ गते पक्राउ पुर्जी जारी गरिएतापनि असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेकोले पाठकलाई पक्राउ नगरी मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार