मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |

तस्करबाट बरामद ६ सय १४ केजी रक्तचन्दन भीआईपीको शव जलाउन प्रयोग

देश प्रदेश डेस्क 5084+ समाचार ( )
६ मंगशिर २०८०, बुधवार

झापा बबरमहलस्थित वन तथा भू–संरक्षण विभाग परिसरमा तस्करबाट बरामद भएको २ ट्रक रक्तचन्दन अलपत्र अवस्थामा रहेको वर्षौँ भइसकेको छ । उक्त रक्तचन्दन लोड भएको गाडीको सुरक्षाका लागि सशस्त्र प्रहरीको पोस्ट नै खडा गरिएको छ, जहाँ झन्डै २ दर्जन सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्दै आइरहेका छन् ।

देशभर १५ वर्षभन्दा अगाडिदेखि तस्करहरूबाट बरामद गरिएको २ लाख ११ हजार ५४ किलो रक्तचन्दन अलपत्र अवस्थामा छ । वन तथा भू–संरक्षण विभागका अनुसार विभिन्न मितिमा गरी २ लाख ६७ हजार ९ सय ६१ केजी रक्तचन्दन बरामद भएको थियो । विभिन्न २० जिल्लामा यो परिमाणमा रक्तचन्दन बरामद गरिएको विभागको भनाइ छ ।

भारतबाट नेपालको बाटो हुँदै चीन तस्करी गर्ने क्रममा तस्करहरूबाट करोडौँ मूल्य पर्ने रक्तचन्दन बरामद गरिएको थियो । केही अदालतमा मुद्दा परेर विचाराधीन अवस्थामा रहेको र अरु भारतले फिर्ता लैजान चासो नदिएका कारण ठुलो परिमाणको रक्तचन्दन अलपत्र परेको हो । बरामद रक्तचन्दन काठ काठमाडौँमा वन विभाग, ललितपुर, भक्तपुर, चितवन, सर्लाही, सप्तरी, झापा, नवलपरासी लगायतका २० जिल्लाका वन कार्यालयमा राखिएको छ ।

कानुनमा दुर्लभ वन पैदावार, वनस्पति जुन देशबाट तस्करी भएर आएको हो, त्यही देशमा पठाउनुपर्ने नियम रहेकाले भारत फिर्ता पठाउन सरकारलाई आग्रह गरिएको र भारतले केही परिमाणमा फिर्ता लगे पनि ठुलो परिमाणको रक्तचन्दन अलपत्र अवस्थामा रहेको विभागकी सूचना अधिकारी सवनम पाठकले रातोपाटीलाई जानकारी दिइन् ।

दुर्लभ तथा सङ्कटापन्न वनस्पति तथा जीवजन्तुका प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) मा बरामद त्यस्ता सामग्री जुन देशबाट तस्करी भएर आएको हो, त्यही देशमा फिर्ता पठाउनुपर्ने व्यवस्था छ ।

विभागको तथ्याङ्क अनुसार हालसम्म भारतले ३६ हजार ९ सय २८ केजी रक्तचन्दन काठ फिर्ता लगेको छ । तर भारतले समयमा फिर्ता नलैजाँदा ठुलो परिमाणको काठ अलपत्र अवस्थामा रहेको हो ।

दिवंगत पूर्व प्रधानमन्त्रीदेखि अन्य उच्च पदाधिकारीको शव जलाउनका लागि पनि ठुलो परिमाणमा रक्तचन्दन काठ प्रयोग गरिएको छ । हालसम्म ६ सय १४ केजी रक्तचन्दन काठ भीआईपीको मृत्युका बेला चिता बनाउन प्रयोग भएको सूचना अधिकारी पाठकले जानकारी दिइन् ।

उनले भनिन्, ‘वन विभागले शव जलाउनका लागि भनेर रक्तचन्दन दिएको हैन, यो मन्त्रिपरिषद्बाटै निर्णय भएर आउँछ । त्यसैको आधारमा विभागले उपलब्ध गराउने हो ।’

यस्तै १९ हजार ३ सय २४ केजी रक्तचन्दन हराएको छ । रक्तचन्दनको काठबाट तेल निकाल्ने परीक्षणका लागि ४० केजी प्रयोग भएको छ । परीक्षणका क्रममा पर्याप्त तेल नआएकाले झन्डै १ हजार किलो परीक्षणका लागि प्रयोग गर्नेबारे छलफल समेत भएको छ ।

विभागका अनुसार अब देशभरका विभिन्न वन कार्यालयहरूमा २ लाख ११ हजार ५४ केजी रक्तचन्दन काठ बाँकी छ । अलपत्र परेको यो रक्तचन्दनको सुरक्षाका लागि ठुलो सङ्ख्यामा सशस्त्र  प्रहरी तथा वन रक्षक परिचालन गरिएको छ । वर्षौँदेखि करोडौँ मूल्यको रक्तचन्दन अलपत्र अवस्थामा रहँदा त्यसको गुणस्तरमा क्षति पुगेको छ नै, अर्कोतिर सुरक्षा खर्च पनि बढाइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार