मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

६१ करोड राजस्व हिनामिना प्रकरण
विराटनगरका नेपालसिहत यातायातका पाँच जना पूर्व कर्मचारी पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२१ मंगशिर २०८०, बिहीबार

झापा । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातयातका पुर्व कर्मचारी पक्राउ परेका छन् ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन लेखापाल मणिराज दाहालसहित पाँच जना पक्राउ परेका हुन् ।

प्रहरीले दाहालसहित नयराज नेपाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

विशेष अदालत काठमाडौँले  २०७९ चैत ८ गते उनीहरूलाई भ्रष्टाचार (राजश्व रकम हिनामिना)  कसूरमा दोषी ठहर गरेको थियो । जसमध्ये तत्कालीन लेखापाल  दाहाललाई ७ वर्ष ११ महिना २३ दिन कैद र  ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ जरिबाना, नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२, कटुवाललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२, अधिकारीलाई ९ वर्ष कैद र  २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैयाँ जरिबाना, देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र  २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ जरिबाना फैसला गरेको थियो । उनीहरूबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३ सय ८ रुपैयाँ जरिबाना रहेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आ.व. २०६९/०७० र ०७०/७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आ.व. २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५ सय ५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दाको विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

राजस्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका चारजना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनीहरू फरार थिए । मोरङ प्रहरीले उनीहरूलाई विराटनगरबाट सोमबार साँझ पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी  दाहालले जानकारी दिए । अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानको लागि मोरङ कारागार  चलान गरिएको उनले बताए ।ब्लाष्ट खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार