मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए तेस्राे पटक शपथ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

एजेन्सी भारतको प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् ।
लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो । उनलाई गत शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित दक्षिण एसिया विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरू पुगेका छन् । मौरिससका राष्ट्रपति पनि शपथ समारोहमा उपस्थित छन् ।

सन् २०१४ र २०१९ को चुनावमा भारतीय जनता पार्टीले एकल बहुमत हासिल गरेपछि मोदी यसअघि दुई कार्यकाल प्रधानमन्त्री भइसकेका छन् । यसपटक भाजपाले एकल बहुमत नल्याएपनि भाजपासहितका नेशनल डेमोक्रेटिक अलायन्सको बहुमतका आधारमा मोदीका लागि तेस्रोपटक प्रधानमन्त्री बन्ने ढोका खुलेको हो ।

मोदीले आफ्नो मन्त्रिपरिषद्का महत्वपूर्ण मन्त्रालयहरूमा पुरानै मन्त्रीहरूलाई दोहोर्याएका छन् । राजनाथ सिंह, अमित शाह, नीतिन गडकारी, जेपी नड्डा, शिवराजसिंह चौहान, निर्मला सितारमण, एस. जयशंकर, पीयूष गोयल लगायत मन्त्री बनेका छन् । मोदीले गठबन्धनका मुख्य घटक नीतिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडू नेतृत्वको तेलगु देशम पार्टीबाट पनि मन्त्री बनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार