मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

एक आर्थिक बर्षमा काँकडभिट्टा नाकाबाट ३२ करोड बढीकाे सिमेन्ट निर्यात

देश प्रदेश डेस्क 5229+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

झापा काँकडभिट्टा नाका हुँदै गत आर्थिक वर्ष २०८०/०८१ मा ३२ करोड रुपैयाँ मूल्य बराबरको सिमेन्ट निर्यात भएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टा सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलका अनुसार यसअघि यो नाका भएर नेपाली सिमेन्टको निर्यात शून्य थियो । गत आर्थिक वर्ष २०८०/०८१ मा ३२ करोड ६६ लाख पाँच हजार सात रुपैयाँ मूल्य बराबरको ४९ हजार नौ सय ५९ टन सिमेन्ट निर्यात भएको छ ।

नेपाली सिमेन्ट र क्लिंकरको बजार भारत मात्रै भएको सिमेन्ट उद्योगीहरुको भनाई छ । नेपाली उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण माग समेत सन्तोषजनक रहेको व्यवसायीहरुको भनाई छ । कुनै बेला नेपालले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था भएका कारण सिमेन्ट निर्यातले निरन्तरता पाउन नसकेको बताईएको छ । अहिले निर्यात बढ्नुको मुख्य कारण नेपालमै कच्चा पदार्थ प्राप्त भएकाले हो । नेपालमै कच्चा पदार्थ पाइने भएकाले निर्यात बढ्दै गएको भन्सार अधिकारीहरुको भनाई छ । सरकारले सिमेन्ट निर्यात बढाउन करिब आठ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । पछिल्लो समय कच्चा पदार्थ पनि स्वदेशमै उत्पादन हुने हुँदा निर्यात बढ्दै गएको अनुमान उद्योगीहरुको छ ।

काँकडभिट्टा नाका भएर करोडौंको सिमेन्ट निर्यात भए पनि झापामा उत्पादन भएको सिमेन्टले आन्तरिक बजार मात्र धानेको छ ।  कञ्चनजंघा सिमेन्ट उद्योग प्रालि चारपानेका सञ्चालक अजय साहेवालाले स्थानीय उद्योगको उत्पादन स्थानीय बजारमा खपत हुने गरेको बताए । तर, झापाका थुप्रै सिमेन्ट उद्योगहरु विविध कारणले बन्द भएका छन् । कुनै बेला झापामा एक दर्जनबढी सिमेन्ट उद्योग भएपनि अहिले कञ्चनजंघा, मेघा, मनसा, गोर्खाली र सेन्चुरी सिमेन्टमात्र उत्पादन हुने गरेको उनको भनाई छ । नेपाली सिमेन्टको गुणस्तर स्थापित हुन थालेको, निर्यातमा पनि सहज वातावरण बन्दै गएको, भारतमा नेपाली ब्रान्ड स्थापित भएपनि झापामा उत्पादित सिमेन्ट विदेश पठाउन नसकेको व्यवसायीहरुको भनाई छ । स्थानीय उद्योगले स्थानीय माग पुरा गरेको बताईएको छ ।

भन्सार विभागका अनुसार नेपालबाट विभिन्न नाका भएर आर्थिक वर्ष ०७७/७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन , गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ । व्यवसायीहरुका अनुसार पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तम, सीजी सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो ।

सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । त्यसमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै २ करोड २० लाख टन रहेको अनुमान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार