मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

झापामा १६ वर्षीया बालिकामाथि हाेटलमा सामूहिक बलात्कार,सञ्चालकसहित ६ जना पक्राउ

देश प्रदेश डेस्क 5492+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा । होटलका मालिक र कामदारहरुले झापाकी एक जना १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक लंका राजवंशीसहित ६ जनालाई पक्राउ गरिएको हो। घटनामा संलग्न एक जना फरार रहेको केसीले बताए। जिल्ला प्रहरी प्रमुख केसीका अनुसार यो घटना शुक्रबार रातिको हो।

अर्जुनधाराको हाट र होटलमा पुर्‍याएर बालिकामाथि बलात्कार भएको हो। सोही अभियोगमा होटल सञ्चालक राजवंशीसहित अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई ,  अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ र  सुजन डाँगी पक्राउ परेका हुन्। समूहका एक जना फरार छन्। पीडित बालिकाले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन्।

पहिले हाट लाग्ने ठाउँमा जबरजस्ती करणी गरेको र त्यसपछि होटलमा पुर्‍याएर पनि जबरजस्ती गरेको पीडित बालिकाको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकाे र अभियुक्तहरुलाई आइतबार म्याद थप गरिने जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार