मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

मेचीनगरले सडक अतिक्रमण हटाउने

देश प्रदेश डेस्क 5449+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

झाापा  झापाको मेचीनगर नगरपालिकाले पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउन १५ दिनको समय दिएको छ । नगरपालिकाले तोकेको समयभित्र संरचना नहटाएको खडकमा डोजर लिएर भत्काउने छ ।

बुधबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले हस्ताक्षर गरेको उक्त सूचना भनिएको छ, यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र हटाउनु पर्ने छ । पुनः उल्लिखित समय सिमा भित्र मापदण्ड पालना नगरी निर्माण भएका पार्किंग स्थल, भवन, व्यवसायिक टहराहरू तथा घुम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु नहटाएमा ‘स्थानीय सरकार संचालन ऐन, २०७४’ बमोजिम नगरपालिका आफैले हटाई उक्त कार्य गर्दा लागेको खर्च सम्बन्धित व्यक्ति संस्थाबाट असुल उपर गर्ने सकेत सोहि सूचनामा जानकारी गराएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै काँकरभिट्टा चारआली खण्डमा सडक क्षेत्राधिकार भित्र अनधिकृत रुपमा सवारी साधनको पार्किंग स्थल, भवन, व्यवसायिक टहराहरु तथा घुम्ती पसलहरु निर्माण गरेका कारण राष्ट्रिय राजमार्गको आवागमनमा कठिनाई हुनुका साथै उच्च दुर्घटनाको जोखिम देखिएपछि सडकको मध्यविन्दुबाट दाँयाबाया २५÷२५ मिटर भित्र निर्माण गरिएका पार्किंग स्थल, भवन, व्यवसायिक टहराहरु तथा धुम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु हटाउने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार