मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

कोशी सरकारमा माओवादी ‘आउट’ , कांग्रेस ‘इन’ हुँदै

देश प्रदेश डेस्क 5449+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

झापा । कोशीमा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र आज बाहिरिने भएको छ ।

केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलपछि एमालेसँगको सहकार्य तोड्न माओवादी बाध्य भएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल साथ नछाड्न माओवादीलाई भन्दै आएका थिए । तर, केन्द्रीय सत्ता समीकरण नै फेरिसकेपछि कार्कीको आग्रह निरर्थक बनेको हो ।

सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित चार जना सामेल थिए । जसमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, स्वास्थ्य राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण नारायणबहादुर बुर्जा मगर र पर्यटन राज्य मन्त्रीमा बन्दना झाँगड थिए । चारै मन्त्रीले आज राजीनामा दिने माओवादी स्रोतले जनाएको छ ।

माओवादी सत्ताबाट बाहिरिएपछि सरकारमा नेपाली कांग्रेस प्रवेश गर्ने छ । कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे कांग्रेसभित्र अझै टुंगो लागिसकेको छैन । नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले सरकारमा सामेल हुने विषयमा आज साँझ एमालेसँग संवाद गर्ने जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार