मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

आम सञ्चार र समावेशी पत्रकारिता पुस्तकको भद्रपुरमा विमर्श

देश प्रदेश डेस्क 5437+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

झापा । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक कृति आम सञ्चार र समावेशी पत्रकारिता कृतिको बारेमा भद्रपुरमा पनि चर्चा परिचर्चा गरिएको छ ।

रिडर्स क्लब भद्रपुरको आयोजनामा शुक्रबार अपरान्ह् भद्रपुरमा स्थानीय बुद्धिजीवि, जनप्रतिनिधि तथा शिक्षा र पत्रकार सहित कृतिभित्रका विषय बस्तु बारेमा विमर्श गरिएको हो ।

कृतिको समीक्षा गर्दै पत्रकार तथा समीक्षक मोहन काजी न्याैपानेले समावेशीताका नाममा सिमित वर्गले उपयोग गरिरहेको अधिकार बास्तविक वर्गमा पुर्याउने चेतना पुस्तकको मुल विषयमा गासिएको प्रष्ट पारेका थिए । पुस्तक सवै तह र तप्काका लागि उपयाेगी भएकाे उल्लेख गरेका थिए ।

त्यस्तै अर्का समीक्षक तुलरामसिंह राजवंशीले पुस्तक भित्र वर्तमान संविधानले परिकल्पना गरेको समावेशी सिद्धान्त र व्यवहारिक प्रयोजनको खोजी मूल विषय रहेको जानकारी दिए । पुस्तकले झापा मात्र नभएर समग्र देशकाे अवस्थाका बारेमा तथ्याङ् सहित उल्लेख गरेकाेमा धन्यबाददिएका थिए ।

रिडर्स भद्रपुरका अध्यक्ष खेमराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक सापकोटाले संघीय लोकतान्त्रिक शासन व्यवस्थामा समावेशीताको सिद्धान्त अपरिहार्य भए पनि लक्षित वर्गले वर्तमान संविधानको परिकल्पना अनुकुल समावेशी हुन नपाएको परिस्थिति प्रष्ट पार्न खोज अनुसन्धान मार्फत वास्तविकता बाहिर ल्याउने प्रयास गरेको जानकारी दिए ।सवैकाे सुझाव लिएर अझ दरिलाे बनाउँने उल्लेख गरे । सहभागिले राखेकाे जिज्ञासालाइ लेखक सापकाेटाले प्रष्ट पारेका थिए । कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष हंसधर राजवंशी, अधिवक्ता शान्ता पाठक लगायतले सुझावसहित पुस्तका बारेमा चर्चा गरेका थिए । कार्यक्रमकाे सहजीकरण कृति राइले गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार