मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

झापाका २६ जनालाइ निःशुल्क कृत्रिम खुट्टा वितरण

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२७ चैत्र २०८१, बुधवार

झापा  विर्तामोडस्थित अग्रसेन भवनको रजत महोत्सवको अवसरमा  खुट्टाको अपाङ्ता भएका २६ जनाले नयाँ जीवन पाएका छन् । उनीहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको हो ।

निःशुल्क कृत्रिम खुट्टा पाउने हरूमा अर्जुनधाराका बलप्रसाद अधिकारी ,अर्जुनधाराकै कौशिला रेग्मी , शिवसताक्षीका तोयानाथ भट्टराई , कचनकवलका भवानीशंकर दाहाल , बुद्धशान्तिकी चपेटी चेम्जोङ , सोही पालिकाका सुशिलकुमार धिमाल , हल्दिवारीकी पूर्णिमाया खड्का , इलाम चुलाचुलीका कर्णबहादुर राई , शिवसताक्षीका युवराज श्रेष्ठ , कचनकवलका राजु शर्मा , बाह्रदशीकी बसन्ती राजवंशी , हल्दिवारीका डल्लु सार्की , मेचीनगरका जितबहादुर भण्डारी , अर्जुनधाराका अलिफ नूर महमद , शिवसताक्षीका कृष्णबहादुर राई , हल्दिवारीका भोला शर्मा , अर्जुनधाराकी धनमाया तमाङ्गी , मेचीनगरका हरिप्रसाद मिश्र  र अर्जुनधाराका सूर्यबहादुर बस्नेतले पनि निःशुल्क कृत्रिम खुट्टा पाएका छन् ।

अन्यले एक–एक वटा खुट्टा पाएकोमा दुवै खुट्टा गुमाएका शिवसताक्षीका कृष्णबहादुर राईले दुईवटै कृत्रिम खुट्टा पाएका छन् । शिविरको आयोजना गरी २६ जनालाई कृत्रिम खुट्टा वितरण गरिएको हो ।

आर्थिक अभावमा कृत्रिम खुट्टा लगाउन नपाएकाहरुलाई छनोट गरी उनीहरुलाई शिविरमै नाप अनुसार स्वास्थ्य प्राविधिकको सहयोगमा खुट्टा लगाइएको अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले जानकारी दिए । उनका अनुसार २६ जनामध्ये १६ जनाको कृत्रिम खुट्टा शिविरमै लगाइएको छ भने ८ जनालाई काठमाडौंमा लगाइएको थियो ।

मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशाला काठमाडौको व्यवस्थापनमा शिविर संचालन गरिएको थियो ।  उनले हालसम्म गौशालाले ६५ सय जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिसकेको जानकारी दिए । उनले अपांगता भएर बसिरहेका व्यक्तिहरुलाई कृत्रिम खुट्टा वितरण गरेर नयाँ जीवन दिनुजस्तो ठूलो सेवा अरु छैन भनेर गौशालाले यसलाई निरन्तरता दिएको जानकारी दिए ।

कृत्रिम खुट्टा किन्नु पर्दा एकदेखि डेढ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । शिविरबाट कृत्रिम खुट्टा लगाएका व्यक्तिहरुले साइकल चलाउनसमेत सक्छन् । कृत्रिम खुट्टा वितरण गरिसकेपछि १२ महिनासम्म फलोअप गर्ने गरिएको महासचिव अग्रवालले जानकारी दिए ।

अग्रसेन भवन विर्तामोड र रोटरी क्लव अफ विर्तामोडको संयुक्त आयोजनामा अग्रसेन भवनमा सञ्चालन भइरहेको श्रीराम कथाका प्रमुख वाचक हरिद्वार भारतका प्रसिद्ध कथावाचक नवराज प्रपन्नजी महाराजको प्रमुख आतिथ्यमा शिविर आयोजना गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार