मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

गाई हत्या आरोपमा दमकका ४ जना पक्राउ

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

झापा । गाई मारेको आरोपमा दमकका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक २ भुटानी शरणार्थी  शिविरका बर्ष ४४ का प्रेमबहादुर विष्ट, दमक ३ बस्ने सोही स्थानका ३८ बर्षिय खगेन्द्र दुलाल,सोही वडाका ३२ बर्षिय विधान थापा र दमक ४ की ४५ बर्षिया गिता श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दिएको विवरण अनुसार गत मङ्गलबार राति दमक २ का लक्षुमन विष्टको दमक १ पानी टङ्की गोठमा बाधिराखेको २ महिने गर्भेणी गाईलाइ गोठ देखि १०० मीटर पूर्व तर्फको खाली जग्गामा लगेर टाउकोमा बञ्चरो प्रहार गरेर खुट्टा,करङ तथा घाँटीको मासु लगेर बाँकी त्यही छाडेका थिए ।
घट्नापछि फरार रहेका उनीहरुलाइ खोजतलासका क्रममा फेला पारिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घट्नामा प्रयोग भएका बञ्चरो,झोला, खुकुरी उनीहरुको कोठाबाट बरामद गरिएको डिएसपी चन्दले बताए । पक्राउ परेकाहरुमध्ये महिला बाहेक अन्य यसभन्दा अघिपनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ कारबाहीमा परिसकेको उनले जनाए ।
 उनीहरुलाइ इलाका प्रहरी कार्यालय दमकमा राखि अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार