मुख्य समाचार
स्वास्थ सेवामा थप समर्पित हुँदै ओम साई पाथिभरा हस्पिटल | झापामा एकै महिनामा विपद्जन्य घटनाबाट दश करोडभन्दा बढीको क्षति | झापामा १७४ वटा सडक दुर्घटना | झापाका ३०भन्दा बढी चिया उद्योग आजबाट बन्द | भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता |

स्वास्थ सेवामा थप समर्पित हुँदै ओम साई पाथिभरा हस्पिटल

भेषराज नेपाल 55+ समाचार ( )
४ आषाढ २०८३, बिहीबार

झापा / झापाको भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलले स्वास्थ सेवामा थप समर्पित हुँदै गएकाे छ । स्वास्थ क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएकाे यस हस्पिटलले  बिरामीहरूको थप सहजता र सुलभ स्वास्थ्य पहुँचका लागि नवीनतम् 'पिक अप एण्ड ड्रप' (Pick up and Drop) यातायात सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम) का अनुसार, पक्की सडक सञ्जालले जोडिएका क्षेत्रहरूबाट स्वास्थ्य समस्यामा परेका बिरामीहरूलाई सुतेर वा अक्सिजनसहित आउने बिरामी बाहेक  सिधै उनीहरूकै घरबाट सुरक्षित रूपमा अस्पतालसम्म ल्याउने र उपचार सकिएपछि पुनः घरैसम्म सकुशल पुर्‍याउने उद्देश्यका साथ दुई वटा अत्याधुनिक कारमार्फत यो सेवा प्रारम्भ गरिएको हो। 

ग्रामीण तथा सहरी क्षेत्रका नागरिकलाई यातायातको अभावमा समयमै उपचार पाउनबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सुरु गरिएको यस सेवाको भाडा दर अत्यन्तै न्यूनतम अर्थात् एकतर्फी प्रति किलोमिटर मात्र २० रुपैयाँ निर्धारण गरिएको छ, जसले गर्दा सर्वसाधारणलाई एम्बुलेन्स वा अन्य निजी सवारी साधनको महँगो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने विश्वास अस्पताल प्रशासनले लिएको छ।

विगत १८ वर्षभन्दा लामो समयदेखि "तपाईंको जीवन हाम्रो हेरचाह" भन्ने मुख्य मूल मर्मका साथ सञ्चालित १०० बेड क्षमताको यस अस्पतालले मेची अञ्चलमै अग्रणी र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवा, सघन उपचार कक्ष (ICU), अत्याधुनिक नवजात शिशु उपचारका लागि नर्सरी र जटिल बिरामीका लागि नियमित डायलिसिस जस्ता विशिष्टीकृत सेवाहरू निरन्तर उपलब्ध गराउँदै आएको छ। विशेषज्ञ बहिरङ्ग सेवा (OPD) तर्फ स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा नसा रोग, जनरल मेडिसिन, नाक, कान, घाँटी रोग, मानसिक स्वास्थ्य, दन्त र आँखाको शल्यक्रिया सहितको विशेष उपचार सेवा सहज रूपमा प्रदान भइरहेको छ।

प्रविधिको क्षेत्रमा अस्पतालले विश्वस्तरीय फाइबर लेजर मेसिन भित्र्याएर बिना चिरफार र प्वाल नपारी किड्नी, पिसाब नली तथा पिसाब थैलीको ढुङ्गा (Stone) र प्रोस्टेटको सफल शल्यक्रिया गर्दै आएको छ भने अत्याधुनिक दुरबीन प्रविधि (ल्याप्रोस्कोपिक) बाट अन्य विभिन्न जटिल शल्यक्रियाहरू समेत सम्पन्न गरिँदै आएका छन्। बिरामीको सही रोग पहिचानका लागि अस्पतालभित्रै अत्याधुनिक सीटी स्क्यान (CT Scan), एमआरआई (MRI), डिजिटल एक्स-रे, र पूर्ण रूपमा स्वचालित अत्याधुनिक प्रयोगशाला (Laboratory) जस्ता डायग्नोस्टिक सुविधाहरू चौबीसै घण्टा सञ्चालनमा रहेका छन्। 

नागरिकको आर्थिक भार कम गर्न नेपाल सरकारको सामाजिक सुरक्षा काेष कार्यक्रमलाई समेत पूर्ण रूपमा लागू गरेको यस अस्पतालले समय–समयमा छिमेकी राष्ट्रका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा विशेष स्वास्थ्य शिविरहरू आयोजना गर्दै विपन्न नागरिकहरूलाई गुणस्तरीय उपचारको पहुँचमा जोडिरहेको छ।

यस हस्पिटलले स्वास्थ सेवामा निरन्तर गुणस्तरीय सेवा दिदै आएकाले नेपालका पुर्वी पहाडी क्षेत्र देखि लिएर भारतकाे आसाम, मेघालय,अरुणाञ्चललगायत विभित्र क्षेत्रदेखि आँखाका बिरामी आएर स्वास्थ सेवा लिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार