मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

विपद् सम्बन्धी २० जना नगर प्रहरीलाइ तालिम

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१० आषाढ २०८३, बुधवार
झापा । झापामा समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोगमा सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेक्वामा सञ्चालन गरिएकाे हाे ।

मङ्गलबारबाट असार १५ गतेसम्म संचालन गरिने ७ दिने तालिममा मेचीनगर , अर्जुनधारा, बिर्तामोड , कन्काई र भद्रपुर नगरपालिकाका ४–४ जना गरी जम्मा २० जना नगर प्रहरी सहभागी छन् । तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई बिपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, खोज तथा उद्धार, प्राथमिक उपचार तथा विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिने गणका प्रबक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले बताए ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी लगायत प्रशिक्षार्थी नगर प्रहरीहरु र कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले विपद्का घटनाहरूको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय तह, सशस्त्र प्रहरी बल नेपाल तथा समुदायबीचको समन्वय अपरिहार्य रहेको बताए। उनले यस्ता तालिमले समुदायमा दक्ष जनशक्ति उत्पादन गरी विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार