मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या

देश प्रदेश डेस्क 5492+ समाचार ( )
१९ श्रावण २०८३, मङ्गलबार

इलाममा खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले आत्महत्या गरेकी छन् । इलामको माइजोगमाई गाउँपालिका–२ खोल्मेमा त्यस्तो हृदयविदारक घटना भएको हो । छोरा ११ वर्षीय आहान खत्रीको खोलाले बगाएर मृत्यु भएपछि शोक सहन नसकेर विक्षिप्त बनेकी आमा ३५ वर्षीया अमृता लेप्चा खत्रीले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

गुल्मी जिल्ला स्थायी घर भई विगत ८/९ वर्षदेखि माइती घर इलाम माईजोगमाई २ खोल्मेमा अनिल खत्रीकी श्रीमती अमृता लेप्चा खत्री र छोरा आहान खत्री बसोबास गर्दै आएका थिए । हिजो दिउँसो आहान खत्री विद्यालयबाट घर फर्कने क्रममा त्यही रहेको बजुर खोलामा आएको बाढीले उनलाई बगाएको थियो । खोलामा बालक आहान मृत अवस्थामा भेटिएको स्थानीयले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी गराएका थिए । प्रहरी टोली खटिएर राति .९ः४५ बजे घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा शव खोलाबाट निकालेको थियो । त्यस लगत्तै बालककी आमा अमृता सम्पर्कविहीन भएकी थिइन्।

स्थानीयवासीको अनुसार रातभर खोजी गर्दा उनी फेला परेकी थिइनन्। आज बिहान आफ्नै घरदेखि अन्दाजी सय मिटर पश्चिमतर्फ निवराको रुखको हाँगामा प्लास्टिक डोरीको पासो लगाई झुन्डिएको अवस्थामा अमृता फेला परेकी हुन् । बिहान ५.३० बजे स्थानीयले जानकारी गराएपछि प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

स्थानीयका अनुसार अमृता माइतमा बसेर छोरालाई पढाउँदै आएकी थिइन्। उनका श्रीमान् अनिल खत्री वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार