मुख्य समाचार
रास्वपाको सुनसरी जिल्ला अधिवेशनमा विवाद, मतदान सूचीबाट नाम हटाउँदा हातहालाहाल | परीक्षामा बरामद ४९६ मोबाइल पानीमा डुबाएर नष्ट, अभिभावकको गुनासो, जन्मदर्तासमेत गयो | "हजारौं युवासहित सडकमा उत्रियो कक्रोच जनता पार्टी, शिक्षामन्त्रीको राजीनामा माग्दै दिल्लीमा शक्ति प्रदर्शन" | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु |

परीक्षामा बरामद ४९६ मोबाइल पानीमा डुबाएर नष्ट, अभिभावकको गुनासो, जन्मदर्तासमेत गयो

देश प्रदेश डेस्क 5167+ समाचार ( )
२३ जेठ २०८३, शनिबार

झापा / जिल्ला परीक्षा समन्वय समिति सिराहाले गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) र वैशाखमा सम्पन्न कक्षा ११ र १२ को परीक्षाका क्रममा परीक्षा केन्द्रहरूबाट जफत गरिएका ४९६ वटा मोबाइल फोन र ५ वटा स्मार्टवाच जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा पानीमा डुबाएर नष्ट गरेको छ। नष्ट गरिएका उपकरणको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको छ।

नष्ट गरिएका उपकरणमध्ये ७ वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच रहेका छन्। परीक्षा हलभित्र मोबाइल लिएर प्रवेश गर्ने विद्यार्थीहरूबाट जिल्लाका विभिन्न परीक्षा केन्द्रमा यी उपकरण खोसिएका थिए।

मोबाइल नष्ट भएपछि अभिभावकहरूले आफ्ना जन्मदर्ता लगायतका महत्त्वपूर्ण विवरणहरू गुमाउनु परेको गुनासो गरेका छन्। अभिभावकहरूले पटकपटक मोबाइल नष्ट नगर्न अनुरोध गरे पनि सिराहा प्रशासन र शिक्षा विकास तथा समन्वय इकाइले नसुनेको र गैरजिम्मेवार काम गरेको आरोप लगाएका छन्।

अभिभावकहरूले विद्यार्थीको गल्तीमा अभिभावकले किनेको सम्पत्ति नष्ट गर्नु उचित नभएको भन्दै कानुनी कारबाहीको माग गरेका छन्। "सानो गल्तीको सजाय करोडौँको क्षति हुनु राम्रो होइन, जरिवाना काटेर फिर्ता दिनुपर्थ्यो" भन्ने गुनासो अभिभावकहरूले व्यक्त गरेका छन्। मधेसका जनता आर्थिक रूपमा कमजोर रहेको अवस्थामा यो निर्णय अन्यायपूर्ण भएको र अभिभावकलाई बोलाएर जरिवानासहित फिर्ता दिनुपर्ने माग पनि उठेको छ।

कानुन व्यवसायी चन्दनकुमार कर्णले मोबाइल व्यक्तिगत सम्पत्ति भएकाले त्यसलाई नष्ट गर्नु कानुनी परीक्षणको विषय बन्न सक्ने बताएका छन्। कानुन व्यवसायीहरूले मोबाइल नै नष्ट गर्नु नागरिकको सम्पत्तिमाथिको हस्तक्षेप भएको बताएका छन्। मधेस प्रदेशकी तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गरिने भनी अग्रिम निर्देशन दिएकी थिइन्। सोही निर्देशनका आधारमा शिक्षा विकास तथा समन्वय एकाइ सिराहाका शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहितको पाँच सदस्यीय उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरिएको थियो।

प्रहरी उपरीक्षक बासु पाठकका अनुसार मधेस प्रदेश परीक्षा सञ्चालन समिति र जिल्ला परीक्षा समितिको नीतिगत निर्णयपछि स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सञ्चारकर्मीहरूको रोहबरमा सामग्री नष्ट गरिएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने विद्यार्थीलाई ठूलो सजाय दिन नचाहेकाले यो कदम चालिएको बताउँदै जफत भएका सामान लिलाम गर्नुपर्थ्यो भन्ने कुरा स्वयं स्वीकार गरेका छन्। याे कदमप्रति सर्वत्र आलोचना हुन थालेपछि शिक्षा, सञ्चार तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफूले यस्तो निर्देशन नदिएको जनाएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले पनि यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। मधेस प्रदेशमा यति ठूलो सङ्ख्यामा परीक्षार्थीका मोबाइल नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार