मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता नवीकरण नगर्न गाउँपालिका अध्यक्षकाे निर्देशन

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

झापा । पालिका मातहतका शिक्षक र कर्मचारीलाई पार्टी सदस्यता नवीकरण नगर्न झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले  निर्देशन दिएका छन् । अध्यक्ष राईले शिक्षा सम्बन्धीका प्रचलित ऐन, कानुनहरुको स्मरण गराउँदै सामाजिक सञ्जालमार्फत त्यस्तो निर्देशन दिएका हुन् ।

नेपाली कांग्रेसका कोशी प्रदेश समिति सदस्यसमेत रहेका पालिका प्रमुख राईले कांग्रेससम्बद्ध शिक्षक र पालिका मातहतका कर्मचारीहरुलाई पार्टी क्रियाशील सदस्यता नविकरण नगर्न सार्वजनिक रुपमै निर्देशन दिएका हुन् । अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्य धमाधम नवीकरण भइरहेको छ ।

उनले प्रचलित कानुनविपरित पार्टीमा लाग्ने शिक्षक तथा पालिकाका कर्मचारीहरुलाई कारवाही गर्नेसम्मको चेतावनीसहित सामाजिक संजालमा लेखेका छन्– ‘शिक्षा ऐन, २०२८ (संशोधन सहित) १६ ङ को उपदफा (५)को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्य कारिणी समितिको सदस्य रहेमा पद मुक्त गरिने र राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) अनुसार शिक्षक वा कर्मचारीहरुले कुनै पनि दलको सदस्यता लिन नपाउने प्रावधान रहेको र अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्यता धमाधम नवीकरण भइरहेको हुँदा कमल गाउँपालिकाका शिक्षक वा कर्मचारीहरुले सदस्यता नवीकरण गरेको पाईएमा कारवाही गरिनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार