मुख्य समाचार
झापा उद्योग संघको साधारण सभा सम्पन्न | अर्जुनधारामा लागूऔषधसहित एक व्यक्ति पक्राउ | कन्काई नदीमा बगेका बालकको उद्धार, अवस्था गम्भीर | अर्जुनधाराको एक विद्यालयमा यौन दुर्व्यवहारको आरोप, शिक्षक पक्राउ | सुरक्षित अवतरणको खोजी: निजामतीमा राजीनामाको बाढी | दुवागढीमा विद्युत् सर्ट भई भीषण आगलागी, ४२ लाख बराबरको क्षति | भद्रपुर–विराटनगरलाई रेल सञ्जालसँग जोड्ने तयारी, भारतले दियो महत्वपूर्ण स्वीकृति | अब एआई र सामाजिक सञ्जालका विज्ञापन पनि कानुनको दायरामा | गुणस्तर सोध्दा सब-इन्जिनियर कुटिए, ६ पक्राउ | झापामा कालो सीसा प्रयोग गर्ने सवारीविरुद्ध ट्राफिकको कडाइ, दुई दिनमै २४ गाडीमाथि कारबाही |

झापा उद्योग संघको साधारण सभा सम्पन्न

देश प्रदेश डेस्क 5268+ समाचार ( )
२१ आषाढ २०८३, आइतबार

झापा झापा उद्योग संघको २७ औँ साधारण सभा तथा निर्वाचन अधिवेशन भद्रपुरमा सम्पन्न भएको छ । उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै उद्योग र व्यवसाय क्षेत्रमा विशेष योगदान पुर्याउने उद्यमी, पत्रकार र कर्मचारीहरूलाई नगदसहित सम्मान गरेको छ ।
संघका अध्यक्ष यामबहादुर श्रेष्ठको अध्यक्षता एवम सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा आइतबार संघको भवनमा सम्पन्न भएको हो । संघका अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदीप कुमार सरावगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष ढकाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष आदित्य पराजुलीलाइ सम्मान गरिएको थियो । संघले  उत्कृष्ट निर्यात प्रतिष्ठान प्लाइउड ,अलैँची र चिया निर्यातकर्तालाइ समेत सम्मान गरेको थियो । त्यसैगरी उत्कृष्ट सदस्य सम्मानबाट उद्योगीहरू सत्यनारायण तायल, उज्ज्वल श्रेष्ठ, विनय गोयल, र महेश चित्लांगिया ,उत्कृष्ट पत्रकार तर्फ   गोपाल गिरी र रोहित काफ्ले साथै संघका कर्मचारी शुष्मा शाक्यसहित तीनजनालाइ नगदसहित सम्मान गरिएको थियो ।  
संघका उपाध्यक्ष शिवकुमार गुप्ताले स्वागत गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य उमेश डालमिया, झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई , राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष आदित्य पराजुलील ,भद्रपुर नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष ऋषि तिम्सिनाले औद्योगिक सुरक्षा र नीतिगत सुधारका विषयमा आफ्ना भनाइहरू राख्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण इश्वर अधिकारीले गरेका थिए ।
अधिवेशनले वर्तमान उपाध्यक्ष शिवकुमार गुप्ताको अध्यक्षतामा निर्विरोध समिति चयन गरेको मुख्य निर्वाचन अधिकृत गोपाल गिरीले जानकारी दिए । थप विवरण आउँन बाँकी ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार