मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

ताप्लेजुङबाट झापा आउँदै गरेको ट्रक दुर्घटना हुँदा लिफ्ट मागेका पौडेलको मृत्यु,दुइ घाइते

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

झापा । ताप्लेजुङबाट झापा आउँदै गरेको ट्रक मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्डअन्तर्गत पाँचथरको भारपामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।हिलिहाङ–६ ढकाल गाउँनजिक ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ–३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको घटनास्थलमै ज्यान गएको हो । उनी सो ट्रकमा गोपेटारबाट लिफ्ट मागेर फिदिम आउँदै गरेका थिए । दुर्घटनामा परी ट्रकका चालक इलाम सूर्योदय नगरपालिका–१२ निवासी ५२ वर्षीय तेजबहादुर दास र ट्रक मालिक झापा बिर्तामोड १ चारपानेका ४० वर्षीय राजकुमार बस्नेत घाइते भएका छन् ।

उनीहरुको शरीरका विभिन्न अंगमा चोट लागेको छ । अवस्था जटिल रहेकाले उनीहरुलाई पाँचथर अस्पतालबाट बिर्तामोडस्थित बीएण्डसी अस्पतालका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ट्रक हिलिहाङ–१ सिंहापुरदेखि झापाका लागि गोलिया बोकेर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनिलाल साहले बताए ।ट्रक ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार