मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

रिहा भएपछि लिङदेनले भने - आन्दोलन निरन्तर चल्छ

देश प्रदेश डेस्क 5495+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताएका छन् । 

आइतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलन जारी रहने बताएका हुन् ।

उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताए । 

आइतबार सिंहदरबारभित्र सांकेतिक रुपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङदेनसहत नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत सात जनालाई पक्राउ गरेको थियो ।

उनीहरु सातै जनालाई रिहा गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो 

भोलि के गर्नुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष लिङदेनले भोलिको कुरा भोलि नै भन्ने बताए । 

उनले भने,‘रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा रहन्छौँ हामी । भोलिको कुरा भोलि नै भन्छौँ ।’ 

अध्यक्षसहित नेताहरुले सिंहदरबार परिसर भित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै