मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

बस र माइक्रो ठोक्किँदा नारायणगढ- मुग्लिङ सडकखण्डमा पाँच जनाको मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायढगढ- मुग्लिङ सडकखण्डमा बस र हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान अन्दाजी ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं.को गाडी मुग्लिङ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नंको बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र एकजना गम्भीर रहेको डिएसपी रिजालले बताए।

दुर्घटना हुँदा सडकखण्ड पनि एकतर्फी अवरूद्ध छ।

प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर-९ बस्ने ४४ वर्षीय सुर्यबिक्रम बिष्टलाई पक्राउ गरेको छ।

माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका-१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्ष वर्षीय पुरूषको मृत्यु भएको छ।

हायस चालक र गुरूङको भरतपुर अस्पताल र अन्य तीनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। 

तक चार जनाको सनाखत हुन बाँकी छ। बसका सहचालक काठमाडौं-३२ बस्ने ३० वर्षीय भोज बिक्रम शाह सामान्य घाइते रहेको डिएसपी रिजालले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार