मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |
मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |


६० लाखभन्दा बढी रकम लिएर भद्रपुरका तिम्सिना फरार

देश प्रदेश डेस्क 5339+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

झापा भद्रपुर नगरपालिका–९ का दयाराम मगरले वैदेशिक रोजगारीका लागि ‘अजरवैजान’ जान आठ लाख रुपैयाँ अनिरुद्र तिम्सिना ‘अनुप’ लाई बुझाए । तिम्सिना दयारामका बाल्यकालदेखिकै साथी अनि त्यसमाथि छिमेकी पनि ।

सुरुमा उत्तरी युरोपको लिथुआनिया देशमा फ्याक्ट्री वर्करका लागि जाने सल्लाह बमोजिम दयारामले पाँच हजार रुपैयाँ अनुपलाई बुझाउँदै प्रहरी रिपोर्ट तयार गरे । अनुपले लिथुआनिया देश तत्काल लान नसकिने तर ‘अजरबैजान’ १५ दिनभित्रै लान सकिने बताएपछि उनी अनुपको कुरामा राजी भए । अजरबैजान जाने प्रक्रियाका लागि भारतको चण्डीगढबाट सबै प्रक्रिया पूरा भएको भन्दै दयारामलाई अनुपले वाट्सएफमा भिसा पठाए । भिसा आएको देखेपछि दयारामले पनि अजरबैजान जान लाग्ने लागत शुल्क तिम्सिनालाई दिएसँगै उनी वैदेशिक रोजगारीका लागि घरबाट बिदा भएर हिँडे । सुरुमा उनलाई भारतको चण्डीगढ पु¥याइयो ।

प्लेन टिकट आजैको छ भन्दै चण्डीगढ पु¥याइएका दयारामलाई २७ दिनसम्म त्यहीँ राखियो । अनेक बहाना बनाएर अनुपले झन्डै एक महिनासम्म भारतमा दयारामलाई मात्र होइन, उनीजस्तै १६ जनालाई झुलाए । तीमध्ये तीन जना भारतीय नागरिक छन् । मामाघर नेपाल भएको र मावली घर आएका बखतका भारतको आसामका सुरज श्रेष्ठले समेत अनिरुद्रलाई अजरबैजान जानकै लागि भारतीय रुपैयाँ एक लाख ९० हजार बुझाए । उनी पनि घरबाट बिदा भएर अजरबैजानका लागि लगेज लिएर भारतको चण्डीगढ पुगे । उनलाई पनि अनुपले त्यहाँ २७ दिनसम्म झुक्क्याएर राखेको उनी बताउँछन् । युरोपको सपना देखाएर अनुपले ठगेकामध्ये केही झापाली युवती पनि छन् ।

जसमध्ये अर्जुनधारा–४की लक्ष्मीदेवी खाती, अस्मिता गदाइली, पुष्पा मगर, शुक्रा चाम्लिङ राई रहेका छन् । अनुपले जनही एक लाख ७० हजार रुपैयाँ लिएर फरार भएको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले जानकारी दिए । आफ्नैले ठग्दा रहेछन्– लक्ष्मीले भनिन्– सुरुमा आमासँग अंकलले कुरा गर्नु भएछ । म पनि विदेश जानका लागि सोच बनाएर बसेकी थिएँ । त्यसमाथि अंकलले आमालाई भनेपछि मलाई पनि सहज भयो । म आमाको कुरामा राजी भएँ । दसैँ अगाडि नै उडाउँछु– अनुपले भनेका थिए । उनले भने– अनुसार लगेज प्याक गरेर बसेँ– उनले भनिन् – लगेज प्याक गरेर सिरानी लगाएर धेरै रात फोनको प्रतीक्षामा बिताएँ । तर, आजसम्म अजरबैजान लान देखाएको सपना अनुपले पूरा गरेनन् ।

उल्टै मसहित साथीहरूको पैसा लिएर फरार भए । यहाँ हाम्रो बिचल्ली भएको छ । अनुपले अजरबैजान लाने भन्दै भद्रपुर–९का मगरसँग ८ लाख, भारतको कार्बिहालाङ आसामका अर्जुन क्षेत्रीबाट एक लाख ४० हजार भारतीय रुपैयाँ, भद्रपुर–९का दिनेश श्रेष्ठबाट दुई लाख ५५ हजार, भारतको आसामका सुरज श्रेष्ठबाट भारतीय रुपैयाँ एक लाख ९० हजार, सोही ठाउँका जीवन क्षेत्रीबाट एक लाख ४० हजार भारतीय रुपैयाँ लिएको बताइएको छ ।

त्यस्तै हल्दिवारी–४का विष्णुकुमार श्रेष्ठबाट दुई लाख ७३ हजार, सोही स्थानका बिक्रमसाही हेमरमबाट दुई लाख ६६ हजार, भद्रपुर–९का सन्तोष श्रेष्ठबाट तीन लाख ५४ हजार, मेचीनगर–१५की संगीता श्रेष्ठबाट दुई लाख ५० हजार, हल्दिवारी–४का देवेन्द्र आचार्यबाट पाँच लाख १० हजार, हेमन्त शर्मा मेचीनगर, अर्जुनधारा–३ निवासी लक्ष्मीदेवी खातीबाट एक लाख ७० हजार, सोही स्थानकी अस्मिता गदाइलीबाट एक लाख ७० हजार, पुष्पा मगरबाट एक लाख ७० हजार, शुक्रा चाम्लिङ राईबाट एक लाख ६० हजार रुपैयाँ लिएर अनुप फरार भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पछिल्लो समय युरोपका नयाँ–नयाँ देशमा वैदेशिक रोजगारीको सपना देखाएर ठगी गर्ने क्रम बढ्दो छ । अनुपले समेत अजरबैजानको सपना देखाएर आफूहरूलाई ठगी गरेको पीडितको भनाइ छ । सुरुमा आफूहरूलाई प्रलोभनमा पार्न विदेशमा भने अनुसारको काम र कमाई नभए लागतको दोब्बर पैसा फिर्ता गर्ने अनुपले आश्वासन दिएका थिए, पीडित मध्येका सुरजले भने– विदेश लाने त परकै कुरा गाउँघरमा हिँड्न पनि अहिले अरूले चिन्छन् कि भन्दै हेलमेट लगाएर हिँड्नु परेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै