मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

मेनुका पौडेलले प्राप्त गरिन् आँखा देख्ने एआई जडित चस्मा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१५ माघ २०८०, सोमबार

झापा इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।

आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् । गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज उक्लिएका थिए ।

चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिएका थिए ।चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको थियो ।चस्मामा क्यामेरा जडान छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन् ।मेनुका आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न समेत सफल भइसकेकी छन् । उनलाई उपाधिको दाबेदारसमेत मानिँदैआएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार